कुकुरका सोखिन

आइतबार, ०२ असोज २०७३, ११ : ४७ मनोज घर्तीमगर , Kathmandu
कुकुरका सोखिन

कुनै समय घरको सुरक्षाका लागि पालिने कुकुर अहिले भने धेरैले सोख पूरा गर्न पाल्न थालेका छन् । भूपू गोर्खा सैनिक गञ्जु पुनका घरमा दुईवटा कुकुर छन् । पुन जहाँ गए पनि कुकुरले उनलाई पछ्याउने गरेका छन् । लाहुर छिरेपछि उनले पल्टनमा कुकुरलाई विभिन्न तालिम दिएको देखे । त्यहीँबाट आफूमा कुकुर पाल्ने सोख पलाएको पुन बताउँछन् । ‘पल्टनमा हुँदा पलाएको कुकुर मोह अहिले पूरा गर्दै छु । यिनले घरको शोभा मात्रै बढाएका छैनन्, मेरो सोख पनि पूरा गरिदिएका छन्,’ पुनले भने ।
नायिका डिम्पल मगरलाई पनि अरू जनावरभन्दा कुकर बढी मन पर्छ । ‘कुकुरलाई जे सिकायो त्यही सिक्छ । ऊसँग खेल्दा रमाइलो पनि लाग्छ । त्यसलाई मैले स्कुटरमा राखेर हिँड्छ,’ डिम्पलले भनिन्, ‘त्यसका क्रियाकलाप हेरिरहँुजस्तो लाग्छ । मेरो कुकुर मलाई प्यारो छ ।’
कुकुर पालनप्रति धेरैको आकर्Èण बढेको छ । सुरÔाका लागि मात्र नभई सोखका लागि पनि कुकुर पालिने बताउँछन् आल्मोन्स् क्याफे सञ्चालक गौतम उदास । ‘मेरो सोख नै कुकर पाल्नु हो । जति तनाव भए पनि कुकर आएर लुटुपुटु ग¥यो भने म फ्रेस हुन्छु । कुकुरसँग खेल्दा तनाव मुक्त भइन्छ,’ उदासले भने । उनले निपोलिटन म्यासटिभ जातको कुकुर पालेका छन् ।
तर, कुकुर पाल्ने काम सजिलो नभएको उदासको भनाइ छ । ‘कुकुरको स्याहारका लागि नियमित समय छुट्याउनुपर्ने हुन्छ । उसका लागि बेग्लै खानाको जोहो गर्नुपर्छ । पैसा पनि त्यत्तिकै खर्च हुन्छ । साँझ र बिहान मासु चाहियो,’ उनले भने, ‘त्यति मात्र होइन, कुकुरको नियमित स्वास्थ्य जा“चसमेत गराइरहनुपर्छ ।’
पोखरामा सबैभन्दा धेरै पालिने कुकुर जर्मन सेफर्ड हो । परिवारमैत्री भएकाले धेरैको रोजाइमा पर्छ । त्यसपछि पग, तिब्तियन म्यासकिभ्, ल्याब्रा डग, डोबरम्यान, रड वाइलरलगायत कुकुर पालिन्छन् यहाँ । शहरका सम्पन्न परिवारमा उन्नत जातका मह“गा कुकुर पाल्ने प्रतिस्पर्धाजस्तै छ । दिनभरिको व्यस्तता र थकानबाट दिक्क भएर सा“झ घर र्फकंदा स्वागतका लागि गेटैसम्म पुच्छर हल्लाउ“दै आइपुग्ने कुकुर देख्दा मनको भारी र थकान सबै दूर हुने व्यवसायी सिरोज कोइराला बताउँछन् । ‘मैले सुरÔाका लागि कुकुर पालेको हुँ । त्यसमा पनि म एनिमल लभर हो,’ कोइरालाले भने, ‘दुईवटा कुकुर पालेको थिएँ, एउटा बाघले खायो एउटा अझै छ । कुकुर मान्छेभन्दा बढी विश्वासिलो हुन्छ ।’

 

Leave A Comment