¥यान्डम विमर्शमा ‘शुक्रराज शास्त्रीको चस्मा’

सोमबार, ०३ असोज २०७३, ०१ : १६ शुक्रवार , Kathmandu
¥यान्डम विमर्शमा ‘शुक्रराज शास्त्रीको चस्मा’

कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा शनिवार विमर्श गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले मासिक पुस्तक विमर्शको ६७ औँ शृंखलामा पराजुलीको कथासंग्रहमाथि बहस गरेको हो । कृतिको चर्चा गर्दै युवा समालोचक राजिन पनेरुले कथासंग्रहले लोकतान्त्रिक नेपालको जीवन शैलीलाई राम्ररी चित्रण गरेको बताए । ‘संग्रहका कथा जुनसुकै वर्गका पाठकले बुझ्ने र गम्भीर भएर सोच्न पार्ने हुनु नै कथाकारको मूल शक्ति हो,’ पनेरुले भने ।

कथाकार पराजुलीले नेपाली साहित्यमा युवा पुस्ताले साहित्य पढिदिएनन् भनेर दुखेसो गर्ने तर तिनका रुचिलाई समेट्ने गरी लेख्न भने ध्यान नदिइएको बताए । राजनीतिलाई विषयवस्तु मात्र नभई विचारकै रूपमा कथामा प्रस्तुत गरेको भन्ने पाठकको प्रतिक्रियाको जवाफमा उनले भने, ‘म राजनीतिक विकृतिलाई कथाकै माध्यमबाट झापड हान्छु । राजनीति, सामाजिक विकृति र किनारीकृत समुदायको सवाल नै मेरो कथाका मूल टेको हुन् ।’

 

Leave A Comment