१८ वर्षपछि कन्दराका १८ गीत

शुक्रबार, ०७ असोज २०७३, ११ : ५८ मनोज घर्तीमगर , Kathmandu
१८ वर्षपछि कन्दराका १८ गीत

पोखरा सभागृहको हलमा शिरमा कालो टोपी, कन्दरा लेखिएको कालो टिसर्ट, नीलो जिन्स प्यान्ट लगाएर १८ वर्Èपछि पोखरेली दर्शकसामु गुञ्जिए गायक विवेक श्रेष्ठ । ‘के पहाड के तराई’ बोलको राष्ट्रिय गीत गाउँदै स्टेजमा उत्रिएका थिए विवेक । ‘सभागृहमा गाउनु कुनै बेला सपना थियो,’ विवेकले विगत सम्झिए, ‘१८ वर्षपछि कन्दरा ब्यान्ड सभागृहमा गुञ्जिएको छ १८ वटा गीत लिएर । आज पनि पुरानै माया पाउँदा हामी हौसिएका छौँ ।’
विवेकले ‘रातै बिझायो’, ‘दिन बिते’, ‘उत्सव’ गीत गाए । त्यसपछि उनले ‘चञ्चले कान्छी’  गीत गाइरहँदा दर्शक छमछमी नाचेका थिए । सानोमा खोलामा पौडी खेलेको स्मरण गर्दै उनले ‘याम्दी खोला’ बोलको गीत गाए । त्यसपछि विवेकले ‘कहाँ हिँडेकी’, ‘फूलचोकीको’ गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । गोपाल योञ्जनप्रति समपर्ण गर्दै उनको ‘जय जय नेपाल’ गीत पनि विवेकले गाए ।
गीत ‘तगारोमा रुमाल राखी’ गाउँदा उनले गीतकार विनोद गौचनलाई सम्झिए । त्यसपछि भर्खरै बजारमा आएको एल्बम ‘भेडी गोठैमा’ को शीर्ष गीत ‘भेडी गोठैमा’ गाए भने ‘नरोउ मायालु’, ‘चन्द्रकोटकी नानी’, ‘लेककी हे माया’ गीत गाएर दर्शकलाई छमछमी नचाए । त्यसपछि उनले कन्दराको सबैभन्दा चर्चित गीत ‘हङकङ पोखरा’ गीत गाएका थिए । कन्दराका गीत सुन्न एक हजार, पाँच सय र दुई सय रुपैयाँको टिकट काटेर उल्लेख्य दर्शक सभागृह पुगेका थिए । ‘कन्दरा ब्यान्ड लामो समयपछि पुरानो लयमा फर्किएको छ,’ ब्यानडका संगीतकार÷एरेन्जर÷ड्रमर सुनील थापा भन्छन्, ‘आज दर्शकले दिएको साथबाट हामी हौसिएका छौँ ।’
देशविदेशमा चर्चा कमाएको पोखरेली पप ब्यान्ड ‘कन्दरा’ १८ वर्षपछि पोखरा सभागृहमा कार्यक्रम गरी पुरानै लयमा फर्किएको छ । ५० को दशकमा पोखरेली पप ब्यान्डले पिटेको बजारलाई सम्झन फेरि विवेक श्रेष्ठले संगीतमा यूटर्न गरेका छन् । लामो समयको ग्यापलाई चिर्दै उनले सोमवार पोखरामा आफ्ना चर्चित गीत पस्किए । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखरा मेट्रो सिटीको आयोजनामा कन्दरा ब्यान्डले लाइभ कन्सर्ट गरेको हो । विवेकलाई ब्यान्डमा सुनिल थापा, ड्रममा अनिल गुरुङ, गिटारमा असिम शेरचन र अमित गुरुङ, किबोर्डमा बुद्धराज वज्राचार्य र अविनाश गायकले मादलमा साथ दिएका थिए ।
विवेकले जापान, हङकङ, बेलायत, यूरोपमा समेत कन्दराकै नामबाट कन्र्सट गरे पनि पोखरामा १८ वर्षपछि गरेका हुन् । लामो समयको ग्यापपछि आफ्नै जन्मभूमि पोखरामा लाइभ कन्र्सट गर्न पाउँदा निकै खुशी लागेको उनले बताए । ‘कन्दरा पोखरेली म्युजिकलाई बोकेर हिँडेको ब्यान्ड हो,’ विवेकले भने, ‘लामो समयपछि युवा पीढीमाझ आफ्ना पुराना गीत सुनाउन पाउँदा खुशी लागेको छ ।’ लोक पप फ्लेभरका गायनमा हलचल मच्चाइरहेको बेला २०५८ तिर विवेक बेलायत गएका थिए ।
कन्दराका लोक फ्लेभरका गीत गाउने विवेकका गीत युवादेखि वृद्धसम्मले मन पराउ“छन् । कन्दराको पहिलो पटक सन् १९९४ मा ‘चञ्चले कान्छी’ बोलको गीत रेकर्ड भएको थियो । सर्वाधिक बिक्री भएको एल्बम भने ‘हङकङ पोखरा’ हो । यो गीत सरुभक्तले लेखेका हुन् ।

 

Leave A Comment