‘नेता भनेपछि मनै पर्दैन’

शुक्रबार, ०७ असोज २०७३, १२ : २५ शुक्रवार , Kathmandu
‘नेता भनेपछि मनै पर्दैन’

बा. १ ज ६८२६
झलकमान श्रेष्ठ

गुरुजीको घर कता प¥यो ?

रामेछाप, फापू–८ ।

कति भयो गुरुजी बनेको ?
दुई वर्ष ।
कस्तो हुँदै छ ?
पहिला त ठीकै थियो । अचेल अलि गाह्रो भा’छ ।
कस्तो गाह्रो ?
नियम झन्झन् कडा हुँदै छन् । कमाइ हुनै छाड्यो ।
नियम कडा हुनु त राम्रै हो ?
राम्रो त हो । तर, गल्ती नहुँदा पनि कारबाहीमा पर्दा गाह्रो भइहाल्छ नि ।
दिनमा कति कमाउनुहुन्छ ?
१४–१५ सय कमाइन्छ । सात सय साहुलाई दिनुपर्छ । तेल हालेर बचेको आफूले लाने हो । कहिलेकसो त आफ्नै गोजीबाट हाल्नुपर्छ ।
घाटा भएर कहिलेसम्म यो काम गरिन्छ त ?
खै हेरौ । विदेश जानुपर्ला जस्तो भइसक्यो ।
कस्ता यात्रुले ट्याक्सी चढिदिऊन् जस्तो लाग्छ ?
सोझा, राम्रा, डिसकस नगर्ने खालका ।
यात्रुले पनि त्यस्तै गुरुजी खोज्छन् होला नि ?
आफू पनि त्यस्तै भएर त त्यस्तै खोजेको हो ।
कस्ता गीत सुन्नुहुन्छ ?
हिन्दी गीत र नेपाली आधुनिक गीत सुन्छु ।
मन पर्ने गायक/गायिका ?
अञ्जु पन्त र राजेशपायल राई ।
यात्रुको रोजाइमा पनि गीत बजाउने गर्नुहुन्छ कि ?
गाउँबाट आएकाहरू लोकगीत सुन्न खोज्छन् । शहरिया देखेपछि नयाँनयाँ हिन्दी गीत बजाइदिन्छु ।
कोही नेता चिन्नुहुन्छ ?
सबभन्दा मन नपर्ने मान्छे नै नेता हो । चिन्नुपरेको पनि छैन । नेता भनेपछि मनै पर्दैन ।
प्रस्तुतिः अम्मर

 

Leave A Comment