घटस्थापनामा लायन्स नाइट

बिहिबार, १३ असोज २०७३, ०१ : ०६ शुक्रवार , Kathmandu
घटस्थापनामा लायन्स नाइट

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले ‘लायन्स नाइट–२’ गर्ने भएको छ । घटस्थापनाको दिन पोखराको फुलबारी रिसोर्टमा साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा सबिन राई, रामभक्त जोजिजु, इतु जोजिजुलगायत कलाकारले प्रस्तुति दिनेछन् । दशैँ र तिहारको अवसरमा पोखरामा रहेका लायन्स तथा गैरलायन्सबीच शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष सुदीप पौडेलले जानकारी दिए ।
कार्यक्रममा पाँच सयदेखि सात सयको संख्यामा पोखराका लायन्स सदस्य तथा गैर सदस्यको उपस्थिति रहने अनुमान गरिएको क्लबका तृतीय उपाध्यक्ष विनय थापाले बताए । कार्यक्रमको व्यवस्थापनको जिम्मा पब्लिक इभेन्टले लिएको छ । कार्यक्रमबाट बचेको रकम भूकम्पबाट क्षतिग्रस्त स्कुलको पुनर्निर्माणका लागि खर्चिने अर्थ संयोजक एकराज गिरीले बताए ।

 

Leave A Comment