‘मिस पोखरा’ हुने

शुक्रबार, १४ असोज २०७३, ०८ : ५७ शुक्रवार , Kathmandu
‘मिस पोखरा’ हुने

मिस पोखराको आठौँ संस्करण हुने भएको छ । पोखरा जेसिजको आयोजना तथा इभेन्ट्स फर यू प्रालिको व्यवस्थापनमा ‘जिओनी मिस पोखरा–२०१६’ हुन लागेको हो । सन् १९९५ बाट सुरु भएको मिस पोखराको यो आठौँ संस्करण हो । १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखि फेरि सुरु भएको थियो । उपाधि विजेताले मिस नेपाल प्रतियोगितामा स्थान सुरक्षित गर्नेछिन् ।
असोज १५ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । जसमा १३ जना युवती भिड्दैछन् । प्रतियोगीहरूलाई कोरियोग्राफर जयन सब्बा मानन्धरले क्याटवाक सिकाइरहेकी छिन् । उपाधि विजेताले ५० हजार नगदसहित स्कुटर पुरस्कार पाउनेछिन् । फस्र्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले २० हजार नगदसहित एक÷एक वटा जियोनी मोबाइल प्राप्त गर्नेछन् ।

 

Leave A Comment