बढ्दो बालबलिका तथा चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । बर्सेनि ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ ।
आइफोनको आधिकारिक बिक्रेता विक्रेता जेनेरसन नेक्स्टले कम्युनिकेसनले आइफोन सिक्स एस र एस प्लस बिक्री सुरु ग¥यो । विश्व बजारमा आएको एक महिनापछि नेपाली बजारमा भिœयाउने भनिए पनि नाकाबन्दीका कारण ल्याउन नसकेको कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाले बताएका थिए ।
भिडियो सेयर गर्न मिल्ने संसारकै ठूलो वेबसाइट युट्युबले नेपाली प्रयोगकर्ताको सजिलोका लागि नेपाली संस्करण सुरु गरेको छ । युट्युबको नेपाली संस्करणमा आफ्नै होमपेज छ, जसमा नेपाली र नेपालमा धेरै हेरिएका भिडियो देख्न सकिन्छ ।
फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन ? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस् । किनकि, तपाईं ठूलो र डरलाग्दो लतमा फस्दै हुनुहुन्छ।