युट्युबको नेपाल संस्करण

बिहिबार, ०६ जेठ २०७३, ०३ : २९
युट्युबको नेपाल संस्करण

भिडियो सेयर गर्न मिल्ने संसारकै ठूलो वेबसाइट युट्युबले नेपाली प्रयोगकर्ताको सजिलोका लागि नेपाली संस्करण सुरु गरेको छ । युट्युबको नेपाली संस्करणमा आफ्नै होमपेज छ, जसमा नेपाली र नेपालमा धेरै हेरिएका भिडियो देख्न सकिन्छ । प्रयोगकर्ताले उच्च गुणस्तरको भिडियोमार्फत स्थानीय संस्कृति र भाषाका सामग्रीबारे जानकारी, मनोरञ्जन र शिक्षा लिन सकुन् भन्ने उद्देश्यले स्थानीय संस्करण सुरु गरेको युट्युबको प्यारेन्ट कम्पनी गुगलले बताएको थियो ।

नेपाली प्रयोगकर्ताले नेपाली होमपेजमा गएर नेपाली भिडियो र नेपालमा पपुलर भिडियोको प्लेलिस्ट हेर्न सकिन्छ । युट्युब खोलेपछि लोगोको दाँयातिर सानो अक्षरमा एनपी लेखिएको देखिन्छ । जसमा क्लिक गरेपछि नेपाली होमपेज खुल्नेछ । यसबाट नेपालमा कुन भिडियो पपुलर छ भन्ने पनि थाहा पाउन सकिन्छ ।

Leave A Comment