आइफोनको नयाँ संस्करण

बिहिबार, ०६ जेठ २०७३, ०३ : ३२
आइफोनको नयाँ संस्करण

आइफोनको आधिकारिक बिक्रेता विक्रेता जेनेरसन नेक्स्टले कम्युनिकेसनले आइफोन सिक्स एस र एस प्लस बिक्री सुरु ग¥यो । विश्व बजारमा आएको एक महिनापछि नेपाली बजारमा भिœयाउने भनिए पनि नाकाबन्दीका कारण ल्याउन नसकेको कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाले बताएका थिए । उनका अनुसार दसैँअगाडि नै आइफोन सिक्स एस र एस प्लस ल्याउने तयारी थियो ।
आइफोन रोज गोल्ड, गोल्ड र स्पेस ग्रे रङमा उपलब्ध छन् । नेपाली बजारमा १६ जीबी क्षमताको सिक्स एसको मूल्य ९० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । ६४ जीबीको आइफोनको मूल्य १ लाख ८ हजार ५ सय ५० र १ सय २८ जीबीको मूल्य १ लाख २० हजार ५ सय ५० पर्नेछ ।

त्यस्तै १६ जीबीको एस प्लसको १ लाख ८ हजार ५ सय ५० रुपैयाँ, ६४ जीबीको १ लाख २२ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । १ सय २८ जीबीको एस प्लसका लागि भने १ लाख ३३ हजार ५ सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

Leave A Comment