बृजका विजेता पुरस्कृत

शनिबार, १५ असोज २०७३, ०९ : २५ शुक्रवार , Kathmandu
बृजका विजेता पुरस्कृत

बृज सिमेन्ट इन्ड्रस्ट्रिज प्रालिले ‘अरूको सयचोटि र बृज सुपर प्रिमियम सिमेन्टको एकैचोटि’ योजनाका विजेतालाई सम्मान गरेको छ । नेपालमै पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको सो कम्पनीले पाँचखालका राजेशकुमार श्रेष्ठलाई मोटरसाइकलसहित सम्मान गरेको हो ।
सो योजनामा बर्दघाटका हरि न्यौपानेले एलईडी टीभी तथा अनीता भण्डारीले मोबाइल जितेकी छिन् भने कालोपुलका रामबहादुर बस्यालले डिस होम प्राप्त गरेका छन् । पुरस्कार विजेतालाई कम्पनीका बिक्री तथा व्यवस्थापक सुरेश जयसवालले पुरस्कार हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Comment