बाल्ट्राको अटोमेटिक स्यानिटाइज डिस्पेन्सर

मङ्गलबार, १३ साउन २०७७, ०१ : ०१ शुक्रवार
बाल्ट्राको अटोमेटिक स्यानिटाइज डिस्पेन्सर

बाल्ट्राले अटोमेटिक ह्यान्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ। 
नवीनतम र उच्चस्तरीय प्रविधिको प्रयोग गरी बनाइएको दाबी गरिएको उक्त डिस्पेन्सरको माध्यमबाट नछोइकन आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सकिने कम्पनीले जनाएको छ।

नौ लिटर स्टोरेज क्षमता भएको उक्त डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषता रहेको कम्पनीको भनाइ छ। उक्त डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

एक वर्षको वारेन्टी रहेको उक्त डिस्पेन्सर बैंक, स्कुल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। 

 

Leave A Comment