प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार

मङ्गलबार, १३ साउन २०७७, १२ : ५६ शुक्रवार
प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार

प्रभु क्यापिटल र समृद्धि क्यापिटल मर्ज भएर सोमबारदेखि प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबारको सुरु भएको छ। 
एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपाली पुँजी बजारमा मर्जरपछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

तत्कालीन समृद्धि क्यापिटलका अध्यक्ष एलपिभानु शर्माले नेपाल धितोपत्र बोर्डसँग नियामकीय दायरा फराकिलो बनाइदिन आग्रह गरेको कम्पनीले जनाएको छ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थिर तथा आर्थिक क्षेत्रप्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्नेमा जोड दिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले प्रभु ब्रान्ड संसारभर फैलिइरहेको अवस्थामा मर्जरपछि क्यापिटलको अधिकृत पुँजी एक अर्ब र चुक्ता पुँजी ८१.७१ करोड रुपैयाँ पुगेको जनाएका छन्। 

 

Leave A Comment