अनमोलले किन पाले कपाल ?

आइतबार, १६ असोज २०७३, ०९ : १७ शुक्रवार , Kathmandu
अनमोलले किन पाले कपाल ?

युवा पुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी शनिवार ललितपुरको लबिम मलमा फरक गेटअपमा भेटिए । सलमान खानको ‘बिइङ ह्युमन’ नामक सामाजिक संस्थाको नेपाल शाखाको उद्घाटनका लागि त्यहाँ पुगेका उनलाई लामो कपालसहित देखियो । कपाल पाल्नुको रहस्यबारे चाहिँ उनी सञ्चारकर्मीसँग राम्रोसँग खुल्न चाहेनन् । तर, स्रोतअनुसार उनले माघबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म ‘कृ’का लागि कपाल पालिरहेका हुन् । यति मात्र नभएर उनी यो फिल्मका लागि नृत्य र मार्सल आर्टसमेत सिकिरहेको बुझिएको छ । सुरेन्द्र पौडेलले निर्देशन गर्ने यो फिल्ममा अभिनय गर्नका लागि उनले २० लाख रुपैयाँ पारिश्रामिक लिएको चर्चा चलेको थियो ।

Leave A Comment