दुर्गेशको दुर्दशा

बिहिबार, २९ साउन २०७७, ११ : ०४ शुक्रवार
दुर्गेशको दुर्दशा

चलेका गायक दुर्गेश थापा यतिखेर ट्रोलको सिकार बनिरहेका छन्। नबनुन् पनि कसरी, उनले कामै त्यस्तो गरेका छन् !
अन्तर्वार्तामा चिप्लेर गाली खाइरहेका सेलिब्रेटी देख्दादेख्दै दुर्गेश पनि बिना तयारी अन्तर्वार्ताका लागि एक टेलिभिजन सोमा पुगेछन्। जहाँ कार्यक्रम प्रस्तोताले नारायण गोपालको गीत सुन्ने इच्छा फर्माए। उनले सानसँग, उहाँको गीत त म सुनिरहन्छु भन्दै भक्तराज आचर्यको ‘मुटू जलिरहेछ गाए’। त्यो पनि यति बेसुरमा गाए कि, के भन्ने !

रोचक त त्यतिबेला भयो जब कार्यक्रम प्रस्तोता ऋषि धमलाले त्यस्तो बेसुरा गीतलाई पनि बडो आनन्दका साथ सुनिरहे।
त्यति इन्जोयले मात्र धमलालाई पुगेन। उनले गायक यम बरालको गीत मनपर्छ भनेको हैन भन्दै त्यो पनि सुनाउन लगाए। दुर्गेशले गीत त सुनाएनन्, बोले मात्रै, ‘ओराली लागेको हरिणको चाल भो भन्ने उहाँको गीत निकै मनपर्छ।’

नारायण गोपालको भन्दै भक्तराज आचार्यको अनि यम बरालको भन्दै रामकृष्ण ढकालको गीत सुनाएपछि अहिले उनकै हालत ओराली लागेको हरिणको चालजस्तो बनेको छ।

यो सबै हेरिरहेका सामाजिक सञ्जालका लडाकुहरु चुप लागेर बस्ने कुरै भएन। अहिले दुर्गेशको दुर्दशा बनिरहेको छ। दुर्गेश र दुर्दशा हरेक वर्ष किन दोहोरिन्छ हँ ?

Leave A Comment