शरीरका रक्षा–कवच

आइतबार, १६ असोज २०७३, ०९ : २१ मिलन खरेल , Kathmandu
शरीरका रक्षा–कवच

मानव शरीरमा प्रतिकूल बाह्य तत्वहरूको प्रवेशलाई रोक्नका निम्ति प्राकृतिक रूपमै प्रतिरक्षा प्रणाली (इम्युनिटी) विकसित भएका हुन्छन् । ती यस प्रकार छन्ः
छालाः छाला अंग्रेजीमा ‘एस्ट्राटम कर्नियम’भनिने एक प्रकारको मृत कोषिकाहरू (केराटिन) द्वारा ढाकिएको हुन्छ । जसले बाहिरी वातावरणमा रहेका ब्याक्टेरिया, भाइरसजस्ता हानिकारक सूक्ष्म जीवाणुहरूको शरीरभित्र हुने प्रवेशलाई रोक्ने गर्छ ।
श्लेष्म रसः पाचननली, श्वासनली तथा नाकको भित्री भागमा रहेका श्लेष्म झिल्लीबाट एक प्रकारको चिप्लो पदार्थ उत्पादन हुने गर्दछ । जसलाई ‘श्लेष्म रस’ अर्थात् अंग्रेजीमा ‘म्युकस’ भनिन्छ । उक्त चिप्लो पदार्थले हानिकारक कीटाणुहरूलाई टाँसेर अचल बनाई शरीरभित्र प्रवेश गर्नबाट रोक्ने गर्दछ ।
नाकको रौँः नाकको प्वालभित्र हुने मसिना रौँले धुलोका कण तथा खाली आँखाले देख्न नसकिने सूक्ष्म जीवहरूलाई शरीरभित्र प्रवेश गर्नबाट रोक्छ ।
पसिना तथा तैलीय ग्रन्थीः हाम्रो छालामा रहेका पसिना तथा तैलीय ग्रन्थीबाट उत्पादित पसिना तथा तैलीय पदार्थले हानिकारक ब्याक्टेरिया तथा ढुसीजन्य संक्रमण लाई रोक्ने गर्छ ।
अम्लः हाम्रो आमाशयबाट उत्पादन हुने ‘हाइड्रोक्लोरिक एसिड’ नामक अम्लले खानासँगै आमाशयमा प्रवेश गरेका हानिकारक कीटाणु तथा सूक्ष्म जीवहरूलाई शरीरभित्र प्रवेश गर्नबाट रोक्ने गर्दछ ।
पित्तः हाम्रो पित्तथैलीबाट उत्पादनहुने पित्त(बाइल)ले शरीरभित्र प्रवेश गरेका हानिकारक कीटाणुहरूको वृद्धिलाई रोक्ने गर्दछ ।
कानेगुजीः हाम्रो कानको नलीको भित्री भागमा रहेको ’सेरुमिनस’ नामक ग्रन्थीले उत्पादन गर्ने कानेगुजीले वातावरणमा रहेका धुलोका कण एवं स–साना किराहरूलाई टाँसेर कानको भित्री भागसम्म प्रवेश गर्नबाट रोक्ने तथा ब्याक्टेरियालगायत अन्य हानिकारक कीटाणुलाई नष्ट गर्ने गर्दछ ।
आँसुः हाम्रो आँसुमा पाइने ‘लाइसोजोम’ नामक तŒवले आँखामा प्रवेश गर्न आउने ब्याक्टेरियाको कोष भित्ता (सेलवाल) पगालेर तिनलाई नष्ट गर्दछ ।
¥यालः हाम्रो ¥यालमा पाइने ‘बाइकार्बोनेट आयोन’ नामक मणिभले हामीले खाएको खानामा रहेको अम्लीयपन (एसिडिटी)लाई तटस्थ पार्ने गर्छ ।  
माथि उल्लेखित पहिलो दर्जाको बाहिरी सुरक्षा घेराले रोक्न नसकेका कीटाणुहरूलाई दोस्रो दर्जाको सुरक्षा घेराको रूपमा रगतमा रहेका श्वेत रक्तकोषिकाले नष्ट गर्ने गर्दछन् । यसका अतिरिक्त आन्तरिक रूपमा शरीरले आफ्नो तापक्रममा वृद्धि गराई तथा विभिन्न खाले ‘एन्टिबडी’का रूपमा चिनिने प्रतिरोधी रसायन आदिको प्रभावद्वारा हानिकारक बाह्य तŒवहरूलाई शरीरभित्र प्रवेश गर्नबाट रोक्ने गर्दछ ।

 

Leave A Comment