स्क्रिन सेयर गर्दा दंग

सोमबार, १७ असोज २०७३, ०९ : १५ शुक्रवार , Kathmandu
स्क्रिन सेयर गर्दा दंग

जगदीश्वर थापाले निर्देशन गरिरहेको फिल्म ‘राधे’मार्फत पहिलोपल्ट अभिनेता निखिल उप्रेती र अभिनेत्री प्रियंका कार्कीले स्क्रिन सेयर गरेका छन् । हाल राजधानीबाहिर छायांकन भइरहेको यो फिल्ममा काम गर्न पाउँदा निखिल र प्रियंका दुवै खुशी छन् । प्रियंकाले सुटिङ सेटबाटै उनीहरूको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरले प्रष्ट झल्काउँछ उनीहरूको खुशी । सँगै काम गर्न पाउँदा खुशी हुनु राम्रो कुरा हो । तर, मुख्य कुरो त आफ्नो काममार्फत दर्शकलाई खुशी बनाउनु हो । त्यतातिर कत्तिको ध्यान गएको छ कुन्नि ?

 

Leave A Comment