रिसाएको बेला के नगर्ने ?

सोमबार, १७ असोज २०७३, ०९ : ३६ शुक्रवार , Kathmandu
रिसाएको बेला के नगर्ने ?

–रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यही भएर रिस शान्त भएपछि मात्रै सुत्नुपर्छ ।
–रिस उठेको मानिसले सवारी साधन तीव्र गतिमा चलाउने भएकाले रिस मत्थर भएपछि  मात्रै सवारी साधन चलाउनुपर्छ । नत्र, दुर्घटनामा पर्ने जोखिम रहन्छ ।
–रिस उठेको बेलामा खान बसेमा असाध्यै बढी अथवा असाध्यै कम खाइन्छ । जुन स्वास्थ्यका लागि राम्रो हुँदैन । त्यही भएर रिसाएको बेला खान बस्नु हुँदैन ।
–रिस उठेका बेला मानिसले विवेक गुमाउँछ । यस्तो अवस्थामा कसैसँग बहसमा सरिक हुनु हुँदैन ।
–रिसाएको बेलामा धारिलो सामान भएको ठाउँ नजिक बस्नु हुँदैन । किनकि, रिसको झोँकमा सामान फाल्ने अथवा धारिलो चिजले अन्य मानिसलाई प्रहार गर्ने काम हुन पनि सक्छ ।
–रिसाएको बेलामा निराशाजक खालका कुरा सोच्नु हुँदैन । किनकि, रिस र निराशा दुवै एकसाथ जागेमा मानिसले अप्रिय निर्णय लिन सक्छ ।

यसरी कम हुन्छ तनाव
– विश्राम गरेर
– साथीहरूको सम्पर्कमा रहेर
– अनावश्यक विवादबाट टाढै रहेर
– क्षमाशील भएर अथवा पुरानो विवाद बिर्सिएर
– प्रसन्नचित्त रहेर
– अत्यधिक मदिरापान नगरेर
– कफी, चियाजस्ता क्याफिनयुक्त पदार्थको सेवन कम गरेर
– धेरै भावुक नभएर
– स्वस्थ खाना खाएर
– डिप्रेसन भए उपचार गरेर
– दिनमा छदेखि आठ घण्टासम्म निदाएर
– नियमित व्यायाम गरेर
  

Leave A Comment