सुरु भयो विपिन र वर्षाको ‘जात्रा’

आइतबार, ०५ असार २०७३, ०६ : २९ शुक्रवार , Kathmandu
सुरु भयो विपिन र वर्षाको ‘जात्रा’

काठमाडौं – निर्देशक प्रदीप भट्टराईको फिल्म ‘जात्रा’ को मूर्हत गरिएको छ । हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आइतबार ‘जात्रा’ फिल्मको मूर्हत गरेका हुन्। मानिसको जीवनमा घट्ने दुःखसुखमाथि केन्द्रित गरेर निर्माण हुन लागेको ‘जात्रा’ असन क्षेत्रमा व्यापार गरेर बस्ने तीन व्यापारीको जीवनमा आधारित रहेको छ। फिल्मलाई निर्माता रविन्द्र सिंह बानियाँले निर्माण गर्न लागेका हुन्। ‘हामी आफूसँगै भएको खुसीमा रमाउन नसकेर जे चीजमा सुख दिन्छ भनेर आज त्यसको पछि दौडन्छौ। भोलि त्यही उल्टो दुःख बनेर हामीलाई लखेट्छ। त्यही भावलाई केन्द्रित गरेर असन वरपर व्यापार गरेर बसेका तीन पसलेको जीवनमा आधारित रोमान्टिक विषय फिल्ममा समेटेका छौं,’निर्माता रविन्द्रले भने। असनको पृष्ठभूमि समेटेर फिल्म निर्माण हुन लागेको फिल्म आगामी कार्तिक १९ मा रिलिज हुनेछ। फिल्मको एक महिने सुटिङ राजधानीको असन र इन्द्रचोक लगायतको स्थानमा गरिनेछ। षट्कोण आर्टले फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणि नेपाल सजन थापा मगर, निलकाजी शाक्य, प्रियंका झा, मणिराम पोखरेल,कृष्णभक्त महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, बालदिप राई र कुमार राई लगायतले अभिनय गर्दैछन् । सिनेमेट्रोग्राफर दिर्घ गुरुङले फिल्मलाई खिच्दैछन् ।

Leave A Comment