दशैँमा के गर्न मन पर्छ ?

शुक्रबार, २१ असोज २०७३, १० : ४७ शुक्रवार , Kathmandu
दशैँमा के गर्न मन पर्छ ?

रेखा थापा, अभिनेत्री
अरू समय काममा नै व्यस्त हुने भएकाले दशैँका बेला आफन्त, परिवारसँग समय बिताउन पाउँदा रमाइलो लाग्छ । दशै मेरा लागि आशीर्वादको चाड हो । टीका थाप्न असाध्यै मन पर्छ ।

सीताराम कट्टेल, अभिनेता
वर्षभरिमा भेट नभएका आफन्तजनसँग भेटघाट हुन्छ । सबैजना एकैठाउँमा जम्मा भई टीका लगाएर हाँसीखुशी भई समय बिताउन पाउने हुँदा दशैँ मेरा लागि विशेष पर्व हो ।

ऋचा शर्मा, अभिनेत्री
केही दिनका लागि भए पनि कामबाट फुर्सद पाइने हुँदा दशैँ रमाइलो लाग्छ । आफन्तसँग भेटघाट गर्ने, टीका लाउने आदि गरेर फुल टाइम रमाइलो गरिन्छ । दशैँमा मलाई टीका थाप्न साह्रै रमाइलो लाग्छ ।
प्रस्तुतिः सन्जिना  

 

Leave A Comment