मेनुकाको चर्चैचर्चा

आइतबार, ०५ असार २०७३, ०६ : ३९ शुक्रवार , Kathmandu
मेनुकाको चर्चैचर्चा

अभिनेत्री मेनुका प्रधान यतिबेला दुई कारणले चर्चामा छिन् । पहिलो कारण– उनी अभिनीत फिल्म ‘गाजलु’ । फिल्ममा गरेको अभिनयका कारण उनलाई यतिबेला प्रशंसाका शब्द सुन्न भ्याइनभ्याई छ । फिल्म रिलिज हुनअघिसम्म यो फिल्मको हिरोइनका रूपमा मिस नेपाल सृष्टी श्रेष्ठ सुनिन्थिन् । तर, फिल्म रिलिज भइसकेपछि मेनुका बढी ‘नोटिस्ड’ भइरहेकी छिन् । कारण– उनलाई दिइएको सशक्त भूमिका र उनको अभिनय । त्यस्तै, एकातिर फिल्म प्रदर्शन भइरहेकै बेला मेनुकाले आफू प्रेममा रहेको अभिव्यक्ति एक अनलाइनलाई दिएपछि थप चर्चामा आएकी हुन् । बुझिएअनुसार उनी एक फिल्मकर्मीसँग प्रेममा छिन् । प्रेमीको नाम भने सार्वजनिक गरेकी छैनन् उनले ।

 

Leave A Comment