सेक्स आनन्दका लागि सकारात्मक सोच

शुक्रबार, २१ असोज २०७३, ०१ : ११ शुक्रवार , Kathmandu
सेक्स आनन्दका लागि सकारात्मक सोच

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ । मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि श्रीमान्सँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?
के

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ । सेक्स अनुभव सबैको एकै खालको र एउटाको अनुभव अर्कोसँग दुरुस्त मिल्ने खालको हुँदैन । सर्वप्रथम तपाईंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । सेक्स पार्टनरको बीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद नै हुन्छ । सकारात्मक सोचका साथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक केही होइन । तपाईंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन । योनी तन्किने तन्तुहरूले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

किशोर–किशोरीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ । यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नु हुँदैन ।

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो तीन वर्षको बच्चा छ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ । यसले गर्दा हाम्रो पारिवारिक जीवनमा नै दरार आउलाजस्तो भइसक्यो । यस्तो अवस्थामा म मेरो श्रीमान्लाई कसरी सन्तुष्ट पार्नसक्छु ? योनी टाइट पार्ने केही उपाय भए बताइदिनुभए आभारी हुने थिएँ ।
सी

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । अधिकांश पुरुषलाई श्रीमतीले बच्चा पाएपछि उसको योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ, जसले गर्दा कतिपयको यौन जीवनमा समस्या उत्पन्न हुने गरेको छ ।  
मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।
कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुने गरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई  पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।
समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।
महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै  योनी लचकदार हुन्छ । जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।

महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो ।
केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।
योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ ।
केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।
विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको  मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो ! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ ।

 

Leave A Comment