विज्ञापन पो ग¥या हो कि ?

आइतबार, ०५ असार २०७३, ०६ : ४४ शुक्रवार
विज्ञापन पो ग¥या हो कि ?


‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ’ गीतबाट चर्चामा कमाएकी गायिका आस्था राउत अहिलेसम्म अविवाहित हुन् । तर, उनका पछिल्ला केही फेसबुक स्ट्याटसलाई हेर्दा उनी ‘डबल’ हुन खोजिरहेकी छिन् जस्तो लाग्छ । दुई साताअघि उनले लेखिन्, ‘हेर गाँठे, स्कूले भाइबहिनीहरूले ‘इन अ रिलेशनसिप’ लेख्न थालिसके !!! कति रमाइलो हो बाबै नि त !!! आफ्नो त सिंगल मै जिन्दगी जाला जस्तो पो छ त ।’ यसरी फेसबुकमार्फत आफू सिंगल रहेको जानकारी दिइन् उनले । बुझिएअनुसार आस्थालाई फेसबुकमा आफू सिंगल छु भन्दा धेरैले पत्याउँदैनन् । उनले त्यसको स्पष्टीकरण पनि स्ट्याटसमै लेखेर दिइन् । ‘के हामीले चाहिँ ‘यस एम सिंगल’ भन्नै नपाउने हो कि के हो ?’ भन्दै उनले प्रश्न गरेकी थिइन् । उनले सानोछँदा हेरेको फिल्म ‘प्यार किया तो डरना क्या’को याद आएको भन्दै माया गरेपछि भन्न कसैसँग नडराउने आशय व्यक्त गरेकी थिइन् । यसरी आफ्नो सम्बन्धको विषयमा आस्था लगातार खुलिरहेकी छिन् । कतै उनी फेसबुकमार्फत प्रेमीको विज्ञापन पो गरिरहेकी छैनन्, बेला जो भयो ।

 

Leave A Comment