समारोहअनुसार पहिरन

सोमबार, ०१ कार्तिक २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
समारोहअनुसार पहिरन

हरेक अवसरको आफ्नै महŒव हुन्छ । त्यसै अनुरूपको ड्रेस भइदियो भने सुनमा सुगन्ध हुन्छ । तपाईंको अवसरअनुसारको उपयुक्त पहिरनको छनोटले सबैको ध्यान तपाईंतिर तान्न मद्दत गर्छ । तपाईंको ड्रेस सेन्सले जो कोहीलाई प्रभावित गर्न सक्छ । अवसरअनुसार ड्रेस छनोटका लागि केही टिप्सः

पारिवारिक जमघटः चहकिला रङका र हेभीवर्क भएको सारी, लेहंगा–चोली, फ्लेयर्ड स्कर्ट वा कुर्ता सुरुवाल लगाउँदा राम्रो देखिन्छ ।

औपचारिक कार्यक्रमः कुनै फर्मल मिटिङ वा कार्यक्रमा जाँदै हुनहुन्छ भने ब्राइट वा एलिगेन्ट वानपिस ड्रेस, स्ट्रेट फिट स्कर्टका साथ ट्युनिक, फर्मल ट्राउजर अथवा ट्रेन्डी टप्स लगाउनु उपयुक्त हुन्छन् ।

ककटेल पार्टीः सेक्सी गाउन, वानपिस ड्रेस, कर्सेट अथवा स्कर्ट लगाउँदा तपाईं बोल्ड र ब्युटिफुल देखिनुहुनेछ ।

बिहेभोजः डिजाइनर ब्लाउजसँग ट्रेन्डी सारी, रेडिमेड सारी, लेहंगा–चोली वा हेभीवर्क भएका कुर्ता–सुरुवाल लगाउँदा तपाईं धेरैको आकर्षणको केन्द्र हुन सक्नुहुन्छ ।

सप्ताहान्त कार्यक्रमः सप्ताहान्तमा रमाइलो गर्न जाँदा चहकिला रङका टिसर्ट, सर्ट, कुर्ती अथवा जिन्स लगाउनु उपयुक्त हुन्छ ।

 

Leave A Comment