नङको सुसार

बुधबार, ०३ कार्तिक २०७३, १० : ०४ शुक्रवार , Kathmandu
नङको सुसार

सुजन तिमिल्सिना, नेल टेक्निसियन

नङ भाँच्चिने कारण
   धातुको नेल फाइलर प्रयोग गर्नु
    बोतल, बट्टाआदिको बिर्को नङको सहायताले खोल्नु
   लापरबाही गरेर सामान उठाउनु
    नङ टोक्ने बानी
    स्विमिङ पुलको पानीमा हुने क्लोरिन
   शरीरमा जिंक र आइरन कम हुनु
    भिटामिन बीको कमी
   खुला हातले केमिकल चलाउनु

सुन्दर नङका लागि

  नेल पोलिस, रिमुभरको प्रयोग हप्तामा एकचोटिमात्र गर्ने । रिमुभरको धेरै प्रयोगले नङ कमजोर हँुदै जान्छ ।
  क्याल्सियम र आइरनयुक्त खानेकुरा खाने । जस्तोः दूध र दूधबाट बनेका परिकार, बदाम, ओखर, साग, अमला, किसमिस आदि ।
   प्रोटिन, भिटामिन आदिको कमी पूरा गर्न फलफूल, गेडागुडी, पनिर, अंगुर आदि खाने ।
   पानी धेरै खाने ।
   भिटामिन एको कमीले नङ सुक्खा हुन्छ । त्यसैले गाजर, सागसब्जी खाने ।
    जिंकको कमी हुन नदिन हरिया सागपात, बदाम, पनिर आदि खाने ।
    केमिकलको प्रयोग गर्दा हातमा पञ्जा लगाएरमात्र गर्ने ।
    राति सुत्नुअघि नङ सफा गरेर क्युटिकल अइल लगाएर हल्का मसाज गर्ने ।

Leave A Comment