डाइनेटिक्स यस्तो आधुुनिक विज्ञान हो, जसको प्रयोगद्वारा मान्छेको मस्तिष्कभित्र दबिइरहेका अनावश्यक संवेग, उत्तेजना, सनक, भय, पीडाजस्ता मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन सकिन्छ ।
– डा. आदर्श प्रधान
आजको युग प्रतिस्पर्धाको युग हो । यहाँ बाँच्नका लागि मानिसले पाइला–पाइलामा प्रतिस्पर्धा गर्नुपर्छ । प्रेमदेखि जागिरसम्म, जहीँतहीँ व्याप्त छ प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धात्मक र तनावपूर्ण वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो नहुन सक्छ । हाम्रो जीवनशैलीका कारण हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना दबिरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले हामीलाई निराश, उदास र हीन बनाइरहेका छन् । आत्मविश्वासको कमी हामीले भोगिरहेको मानसिक समस्या हो । मेडिकल साइन्सले अवस्था यस्तै रहिरहे संसारमा मानसिक रोगीहरूको संख्या ठूलो र थेग्नै नसकिने हुने बताएको छ ।
के हो त डाइनेटिक्स ?
डाइनेटिक्स एउटा यस्तो आधुुनिक विज्ञान हो, जसको प्रयोगद्वारा हाम्रो मस्तिष्कभित्र दबिरहेका अनावश्यक संवेग, उत्तेजना, सनक, भय, पीडाजस्ता मानसिक भावनालाई उत्खनन गरेर तुरुन्त नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइ नै रहन्छन्, तर तनावलाई कसरी लिने, कसरी व्यवस्थित गर्ने र दबिइरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने विषयमा डाइनेटिक्सले सिकाउँछ । एल रोन हबर्डले प्रतिपादन गरेकोे यस आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुुलित राख्न सिकाउँछ ।
डाइनेटिक्सको सिद्धान्तअनुरूप मानिसको मस्तिष्कलाई प्रतिक्रियात्मक मस्तिष्क र विश्लेषणात्मक मस्तिष्क गरी दुई भागमा विभाजन गरिएको छ । यी दुई मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा हुने शारीरिक पीडा, दुर्घटना हुँदा भएको दुखाइ, भय, बेहोश हुँदा हुने अनुभूतिहरूको छाप उक्त मस्तिष्कमा रहेको हुन्छ । हाम्रो मस्तिष्कमा रहेको यो इनग्रामले हामीमा भय, निराशा, मानसिक समस्या र शारीरिक पीडा आदि उत्पन्न हुन्छन् ।
उपचार प्रक्रिया
डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीलाई उपचार गरिन्छ । यस उपचारबाट जस्तोसुकै मानसिक, शारीरीक, भावनात्मक रोगीकोे सफल उपचार गर्न सकिन्छ । अचम्मको कुरा यस पद्धतिको प्रयोेग रोगीलाई मात्र नभई निरोगी मानिसलाई पनि गरिन्छ । किनकि, रोगीमा मात्र नभई निरोगी मानिसमा पनि तनाव, पीडा त अवश्यै हुन्छन् । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीलाई स्वस्थ बनाइन्छ भने स्वस्थ मानिसलाई जीवन र जगत्बारे स्पष्ट बनाइन्छ ।
डाइनेटिक्समा अडिटिङ गरेपछि व्यक्तिको मस्तिष्कबाट नचाहिने इनग्राम हट्छ । त्यसपछि उक्त व्यक्तिलाई शारीरिक शुद्धीकरण गराइन्छ । यसमा व्यायामदेखि भिटामिनयुक्त औषधिसम्म प्रयोग गरिन्छन् । त्यसपछि उक्त व्यक्तिले शारीरिक र मानसिक समस्याबाट पार पाउँछ ।
डाइनेटिक्स आध्यात्मिक परार्मश विधि हो । यसमा अडिटरद्वारा रोगी तथा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ । मष्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना भएको व्यक्तिलाई प्रि–क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि उसभित्र रहेको नकरात्मक आवेग, संवेदना हट्छन् र ऊ आफूभित्र रहेको समस्यालाई बोध गर्न सक्षम हुन्छ । आफू भित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई क्लियर अर्थात् स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्सको उद्देश्य मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रर्वतक एल रोन हबर्डले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन् । यसले सजिलै तनाव नाप्छ । नापेर आएको अंकको आधारमा व्यक्तिको मानसिक स्थिति पत्ता लगाइन्छ ।
एल रोन हबर्डका किताबहरू
एल रोन हबर्डले सयौँ महŒवपूर्ण किताब लेखेका छन् । ती किताब अध्ययन गरेर हामी दिमागी अवरोधहरूबाट कसरी मुक्त हुने, तिनीहरूको नियन्त्रण गर्न क्रमिक रूपमा कसरी सफल हुने र भविष्यमा कसरी खुशी भइराख्ने भन्ने विषयमा महŒवपूर्ण जानकारी पाउन सक्छौँ । एल रोन हबर्डको विश्वभरि सर्वाधिक बिक्री भएको पुस्तक ‘डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुुनिक विज्ञान’ हो । यसमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने विषय समावेश छन् ।
नेपालमा डाइनेटिक्स
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको कार्यकालमा सम्पूर्ण मन्त्रीमण्डललाई अमेरिकाबाट डाइनेटिक्सविज्ञ बोलाएर प्रशिक्षण दिइएकोे थियो । नेपालमा विगत सात वर्षदेखि पुस्तक बिक्रीबाट सुरु गरेको डाइनेटिक्स संस्थाले हाल डाइनेटिक्स वर्कसप, अडिटिङ आदि संचालन गर्दै आइरहेकोे छ । काठमाडौँको न्यु प्लाजामा रहेको यस संस्थाले हाल तनाव नाप्ने मेसिनका साथै ओसिए परीक्षण पनि गर्दै आएको छ । ओसिए परीक्षणबाट व्यक्तिको मानसिक र भावनात्मक अवस्थाबारे सजिलै थाहा पाउन सकिन्छ ।
डाइनेटिक्सको जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्ता होइनन् । यी कोर्स प्रयोेगात्मक हुन्छन्, जसलाई हामी जीवनमा लागू गर्न सक्छौँ । यस्ता कोर्सको अध्ययनपछि व्यक्तिका जीवनमा अवश्य परिवर्तन आउँछ भन्ने दाबी डाइनेटिक्स संस्थाको छ । विश्वभरि नै डाइनेटिक्सलाई व्यक्तित्व विकास र मानसिक सबलताका लागि प्रयोग गरिँदै छ ।
Leave A Comment