अपच भएमा

शनिबार, ०६ कार्तिक २०७३, ०१ : २३ शुक्रवार , Kathmandu
अपच भएमा

–बजारमा पाइने एप्पल सिड र भिनेगर एक चम्चामा मह एक चम्चा मिलाएर दिनको तीनपटक खानाले अपच हुने समस्या कम हुन्छ ।
–    पेटमा एसिड जम्मा भएमा पनि अपच हुने गर्छ । डेढ चम्चा बेकिङ सोडा आधा ग्लास पानीमा मिसाएर खाएमा पेटमा एसिडको मात्रा घट्न गई राहत मिल्छ ।
–    ज्वानो पिसेर त्यसमा अदुवाको चूर्ण र मरिच मिसाई मनतातो पानीसँग खाँदा पनि राहत मिल्छ ।
–    पाचनमा समस्या छ र पेट अटेसमटेस हुनेगरी खाना खाइयो भने एक कप हर्बल टी खानाले पाचन सहज हुन्छ ।
–    अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरेनुन मिसाएर खाने गर्नाले पनि अपचको समस्या कम हुन्छ ।
–    पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले समेत पाचनशक्ति बलियो हुन्छ ।
–    मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले समेत अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।
–    खाना राम्रोसँग पच्दैन भने राम्रोसँग चपाएर खाँदा पाचन राम्रो हुन्छ ।
–    पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन । त्यही भएर पाचन कमजोर हुनेले मजिराजन्य पदार्थ खानु हुँदैन । पाचन प्रणालीका लागि मदिरा विषतुल्य हुन्छ ।
–    गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नु पाचन बलियो नहुनेलाई लाभदायक हुन्छ ।
–    पाचनशक्ति कमजोर हुनेहरूको शरीर डिहाइड्रेट हुने र यसले पाचन क्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।
–    बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि  हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यही भएर तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्नुपर्छ ।
–    हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खानाले पनि  पाचनशक्ति बलियो हुन्छ ।

 

Leave A Comment