जियोनीको ‘मिनी नेपाल’ मोबाइल

सोमबार, ०६ असार २०७३, ०२ : ४८ शुक्रवार , Kathmandu
जियोनीको ‘मिनी नेपाल’ मोबाइल

‘जियोनी’ ब्रान्डको मोबाइल कम्पनीले नेपाली ग्राहकको लागि ‘मिनी नेपाल’ नयाँ ‘प्रडक्ट’ ल्याएको छ । कम्पनीले कम मूल्य र धेरै सुविधा भएको ‘एम फाइभ मिनी नेपाल’ बजारमा ल्याएको हो । उक्त मोबाइलमा पाँच इन्चको स्क्रिन, आठ मेगापिक्सेलको रियर क्यामेरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकोले फोटो राम्रो आउँछ । मोबाइलमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर छ । ४००० एमएएच ब्याट्री रहेका कारण एक पटक चार्ज गरेपछि साधारण मोबाइलभन्दा दोब्बर बढी टिक्ने कम्पनीको दाबी छ । एम फाइभ मिनीमा दुई जीबी ¥याम र १६ जीबी रोम कार्डबाट १२८ जीबी थप्न सकिन्छ । मोबाइलमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१ छ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । जियोनीले नेपालमा चारवटा सोरुम सञ्चालन गरेको जनाएको छ । पछिल्लो पटक यसै साता इटहरीमा सोरुम सञ्चालनमा ल्याएको छ ।  विश्व बजारमा जियोनी ब्रान्डमा बेच्दै आएको उक्त कम्पनीका १४ मोडलका मोबाइल बजारमा छन् ।

Leave A Comment