दीपाश्रीको हाईहाई

बुधबार, १० कार्तिक २०७३, १० : १० शुक्रवार , Kathmandu
दीपाश्रीको हाईहाई

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा’ले राम्रो व्यापार गरेपछि अहिले निर्माताहरू भन्न थालेका छन्– निर्देशक हुनु त दीपाश्रीजस्तो । ‘कोहिनुर’लाई सबैभन्दा धेरै कमाउने नेपाली फिल्म मानिन्थ्यो । श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’को व्यापारलाई ‘छक्कापञ्जा’ले जितेपछि दीपाश्रीले नेपालको सबैभन्दा धेरै व्यापार गर्ने फिल्मकी निर्देशक हुने सौभाग्य पाएकी छिन् । सातौँ हप्तामा चलिरहेको ‘छक्कापञ्जा’ हेर्न दर्शक अहिले पनि हलमा लाइन लागिरहेका छन् ।

 

Leave A Comment