हङकङमा ‘डढेलोभित्रका सतिसाल’

बिहिबार, ११ कार्तिक २०७३, १० : ५२ शुक्रवार , Kathmandu
हङकङमा ‘डढेलोभित्रका सतिसाल’

सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले निर्माण गरेको डकुमेन्ट्री फिल्म ‘डढेलोभित्रका सतिसाल’को प्रिमियर हङकङको युनलङ थिएटरमा भएको छ । डकुमेन्ट्री पाँच दशकअघिदेखि देश र जनतामा गीत–संगीतको माध्यमबाट सामाजिक, राजनीतिक चेतना छर्न सक्रिय रामेश र उनीजस्तै स्रष्टाहरूको सांगीतिक जीवनयात्रामाथि बनेको छ । यसले बन्द समाजमा चेतनाको बिगुल फुक्ने राल्फा, संकल्प, आस्था परिवार र रामेशहरूको जीवन–संघर्ष र संगीतहरूलाई लिपिबद्ध गरेको छ ।

जनताका गायक रामेशको ५५ वर्ष लामो गायन यात्रा तथा जीवनको आरोह–अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभवसमेत समेटिएको डकुमेन्ट्रीको निर्देशन फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ले गरेका हुन् ।

 

Leave A Comment