ट्वीटर अकाउन्ट ह्याक !

सोमबार, ०६ असार २०७३, ०४ : ४६ शुक्रवार , Kathmandu
ट्वीटर अकाउन्ट ह्याक !

माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रयोगकर्ता फेरि सुरक्षा समस्याको सामना गरिरहेका छन् । ह्याकरको एउटा समूहले ३ करोड २० लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत विवरण कालो बजारमा बिक्री गरिरहेका छन् । तर, ट्वीटरले आफ्नो सिस्टमबाट कुनै सूचना नचोरिएको दाबी गरेको छ । ‘सबै प्रयोगकर्ता सुरक्षित छन्,’ ट्वीटरले भनेको छ ।
तेसा ८८ नामको ह्याकर समूहले भने ३ करोड २० लाख ट्वीटर प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको दाबी गरेको छ । लिक लगइन डिटेल्सको सर्च इन्जिन मानिने लिक्डसोर्सका अनुसार ऊसँग ट्वीटरका ३ करोड २० लाख प्रयोगकर्ताको विवरण छ ।
यो वेबसाइटका अनुसार सबै विवरण वास्तविक हुन् । ह्याक भएकामध्ये १५ वटा अकाउन्ट ट्वीटर भेरिफाइडसमेत परेका छन् । रोयटर्सका अनुसार ट्वीटरले अकाउन्ट ह्याक भएको अस्वीकार गरेको छ । उसले भनेको छ, ‘प्रयोगकर्ताको कुनै पनि विवरण ह्याक भएको छैन ।’
लिक्डसोर्सले भनेको छ, ‘३ करोड २८ लाख प्रयोगकर्ताको विस्तृत रेकर्डमा इमेल आईडी, पासवर्डसमेत प्राप्त भएको छ ।’

जुकरवर्गको ट्वीटर पनि ह्याक
विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको ट्वीटर अकाउन्ट पनि ह्याक भएको बताइएको छ । आवर माइन नामक एक समूहले उनले प्रयोग गर्ने सामाजिक सञ्जाल ट्वीटर, लिंकलेड र प्रिन्टे«स्टमा छिरेको बताएको छ । यसको प्रमुख कारण ती सबैको पासवर्ड एउटै हुनु बताइएको छ । इनगाडगेटमा देखाइएको स्क्रिनग्रयाब्समा ह्याकरहरूले अनैतिक रूपमा जुकरवर्गको ट्वीटर अकाउन्टमा छिरेको देखिन्छ ।
उक्त ट्वीटरमा ‘हामी तिम्रो सेक्युरिटी जाँच गरिरहेका छौँ,’ भनिएको छ । लिंकलेडले सोमवार जारी गरेको एक विज्ञप्तिमा आफूहरूले जुकरवर्गको नाममा बनाइएको नक्कली प्रोफाइल फेला पारेको र सो प्रोफाइल हटाइसकेको बताएको छ ।
यद्यपि, कम्पनीले यो घटना सन् २०१२ मा ह्याक भएको एक सय मिलियन अकाउन्टकै नतिजा हो, होइन भन्नेमा केही बताएको छैन । लिंकलेडले नमिलेका र पुराना पासवर्डलाई हटाएको थियो । तर, जुकरवर्गको अकाउन्ट ह्याक हुनुले पुराना भनिएका त्यस्ता अकाउन्ट अझै खतरा रहेको देखाएको छ । यता फेसबुकका प्रवक्ताले सोमवार इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भने उनको फेसबुक र इन्स्ट्राग्राममा अनैतिक रूपमा कसेैले नचलाएको बताएको छ । साथै उसले कसैलाई पनि फेसबुक र अकाउन्टमा प्रवेश नदिएको बताउँदै उक्त प्रभावित अकाउनटलाई पुनः सुरक्षित गरिएको पनि बताएको छ ।

सुरक्षित रहने तरिका
हामीले आफ्नो अकाउन्ट सुरक्षित छ वा छैन भनेर चेक गर्नुपर्छ । आफ्नो इमेल आईडी ह्याव आई विन पिउन्ड भन्ने वेब साइटमा हालेपछि त्यसले हाम्रो डाटाहरू ह्याकरहरूले प्रयोग गरिरहेको छ वा छैन हेर्न सकिन्छ ।
हाम्रो अकाउन्ट कसैले प्रयोग गरेको छ भने पासवर्ड परिवर्तन गर्नुपर्छ । तर, पासवर्ड परिवर्तन गर्दा कतै अरू अकाउनटमा त्यही पासवर्ड प्रयोग गरेको छ वा छैन विश्वस्त हुनुपर्छ । अनलाइन सुरक्षा विज्ञ तथा परामर्शकर्ता ग्राहाम क्लुलेले एउटै पासवर्ड धेरै वेबसाइटमा प्रयोग गर्नु नै जुकरवर्गको अकाउन्ट ह्याक हुनुको कारण रहेको बताए ।
उनले यो जो कसैसँग पनि हुन सक्ने भन्दै अहिले पासवर्ड राख्दा सुरक्षित राखेको भए पनि विगतका गल्तीले समस्या दोहोरिन सक्ने बताए । उनले आफ्नो लगइन सूचना राख्न लास्टपासजस्ता पासवर्ड म्यानेजर राख्न पनि सुझाव दिए ।
उनले सम्भव भएसम्म हामीले कुनेै अकाउन्ट खोल्नुभन्दा पहिले हाम्रो मोबाइलमा सेक्युरिटी कोड पठाइदिने दुई तहको भेरिफिकेसन प्रक्रिया अपनाउन पनि सुझाव दिए । ह्याक हुन सक्ने धेरै सामाजिक सञ्जाल लिंगलेड, ट्वीटर र जिमेलले पनि यही प्रक्रिया अपनाएका छन् ।
ह्याब आई विन पिउन्डका निर्माणकर्ता ट्रोय हन्टले आफ्नो अकाउन्ट सुरक्षित राख्न पासवर्ड म्यानेजर निकै प्रभावकारी भएको बताए । ह्याकहरूले महŒवपूर्ण डाटाहरू थाहा पाउन सक्ने र दुरुपयोग गर्न सक्ने भन्दै उनले यसको प्रयोग गर्नुपर्ने बताए ।

Leave A Comment