नेफ्टामा ‘क्लासिक’ र ‘प्रेमगीत’को स्पर्धा

बिहिबार, ११ कार्तिक २०७३, ११ : २९ शुक्रवार , Kathmandu
नेफ्टामा ‘क्लासिक’ र ‘प्रेमगीत’को स्पर्धा

आउँदो पुस ८ गते दुबईमा हुन लागेको नवौँ नेफ्टा फिल्म अवार्डको सर्वाधिक पाँच मनोनयन सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच आइतवार सार्वजनिक गरिएको मनोनयनमा दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ र सुर्दशन थापा निर्देशित फिल्म ‘प्रेमगीत’बीच कडा टक्कर हुने देखिएको छ ।

‘क्लासिक’ फिल्म, अभिनेता, अभिनेत्री लगायत १८ विधाको मनोनयनमा परेको छ भने ‘प्रेमगीत’ पनि महŒवपूर्ण विधासहित १७ विधाको मनोनयनमा परेको हो । गत वर्ष सर्वाधिक चर्चा कमाएको फिल्म ‘पशुपतिप्रसाद’ भने निर्देशक र फिल्मसहित नौ विधामा मनोनीत भएको छ ।

कुल ३१ विधामा घोषणा गरिएको मनोनयनमा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), दयाहाङ राई (कबड्डी कबड्डी), आर्यन सिग्देल (क्लासिक), सौगात मल्ल (फन्को) र नाजिर हुसेन (होस्टेल रिटन्र्स) उत्कृष्ट अभिनेताका लागि प्रतिस्पर्धामा छन् भने उत्कृष्ट अभिनेत्रीमा नम्रता श्रेष्ठ (क्लासिक), केकी अधिकारी (फन्को), ऋचा शर्मा (को आफ्नो), पूजा शर्मा (प्रेमगीत) र मेनुका प्रधान (रेशम फिलिली)  छन् ।

त्यस्तै, उत्कृष्ट निर्देशकको स्पर्धामा दीपेन्द्र के खनाल (पशुपतिप्रसाद), दिनेश राउत (क्लासिक), रामबाबु गुरुङ (कबड्डी कबड्डी), उज्ज्वल घिमिरे (वडा नम्बर ६) र सुदर्शन थापा (प्रेम गीत) रहेका छन् । वर्षको उत्कृष्ट फिल्मका लागि भने ‘क्लासिक’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘पशुपतिप्रसाद’ र ‘वडा नम्बर ६’ उत्कृष्ट पाँचमा छानिएका छन् । भरत शाक्य संयोजकत्वको पाँच सदस्यीय जुरी टिमले ०७२ सालमा प्रदर्शनमा आएका फिल्मलाई मूल्यांकन गरेको आयोजक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

 

Leave A Comment