फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटो हटाउँदै

सोमबार, ०६ असार २०७३, ०४ : ४८ शुक्रवार , Kathmandu
फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटो हटाउँदै

फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ । फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ ।
पुरानो प्रविधिलाई हटाउँदै नयाँ प्रविधिमा रूपान्तरण गर्ने योजनाको कार्यान्वयन गर्न फेसबुकले यस्तो परिवर्तन गर्न लागेको जनाएको छ । सन् २०१२ मा फेसबुकले नयाँ फिचरका रूपमा अप्सनल फोटो सिन्क अप्सन ल्याएको थियो । जसका कारणले तपाईंको फोनबाट सबै फोटो फेसबुकको सर्भरमा आफैँ अपलोड हुन्थे । यसले फोटो सेयर गर्न सजिलो हुने गरेको थियो ।
तपाईंले ती फोटो बचाउनका लागि मोमेन्ट नाम गरेको एपडाउनलोड गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले एपस्टोर वा प्लेस्टोरमा गएर एप डाउनलोड गरेर फेसबुकमा भएका फोटोलाई सिन्क गरेर बचाउन सक्ने जनाएको छ ।
विश्वभर स्मार्टफोन र स्मार्ट डिभाइसका प्रयोगकर्ता बढेकाले फेसबुकले मोमेन्ट एप डाउनलोडलाई अझ धेरै प्रयोगमा ल्याउन यस्तो गरेको जनाएको छ ।
सिन्क भएका कुनै पनि फोटो डिलिट भए वा हराएमा कम्पनी जिम्मेवार नहुने बताएको छ । उसले आगामी जुलाई ७ भन्दा अगाडि नै सबै फोटो कपी गरेर राख्न वा मोमेन्ट एप डाउनलोड गरेर ट्रान्सफर गर्न अनुरोध गरेको छ । यो एप मोबाइल र कम्प्युटरमा डाउनलोड गर्न मिल्छ ।
फेसबुकले फोटोमात्र राख्नका लागि सन् २०१५ को जुनमा एप ल्याएको थियो । यो एपले तपाईंले कुन ठाँउमा फोटो खिचेको र को साथीसँग फोटो लिएको सबै जानकारी राख्छ । यो एपबाट फेसबुकमा भएका साथीहरूलाई सीधै फोटो पठाउन सकिन्छ ।

Leave A Comment