देवकोटाः मेरो पाठशाला

शुक्रबार, १२ कार्तिक २०७३, ०२ : ५७ शुक्रवार , Kathmandu
देवकोटाः मेरो पाठशाला

–खगेन्द्र संग्रौला, लेखक
मैले ४ कक्षा पढ्दा लक्ष्मीप्रसाद देवकोटाको  ‘सुनको बिहान’ भन्ने बाल कवितासंग्रह पढे“ । त्योदेखि निकै पछिसम्म पढेका पाठ्यक्रमका अरू पाठ मलाई सम्झना छैन । तर, देवकोटाको यो पुस्तक चाहि“ मेरो सम्झनाको अघिल्लो भागमै छ । त्यस किताबमा ‘पुतली’ भन्ने एउटा कविता छ । कविता यस्तो छ–

पुतली सुन्दर कोमल काया
देख्दा तेरो लाग्दछ माया
दिलले भन्दछ टप्प समाउ“
मधुमय मुखमा म्वाइँ खाउ“

देवकोटाको यो कविता पढ्नुअगाडि म पुतली लखेट्थे“, पुतली समात्थे“, पुतलीका प्वा“ख उखेल्थे“, पुतली मार्थें । देवकोटाको यो कविताले मेरो चित्त परिवर्तन भयो र मैले पुतली मार्न छोडे“ ।

फूल देख्दा टिप्ने, मिल्काउने मेरो छुच्चो स्वभाव थियो सानोमा । देवकोटाको फूलसम्बन्धी ‘कोपिला’ भन्ने कविता पढे“–
नटिप्नू हेर कोपिला
नचु“ड्नू पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ

‘कोपिला’ पढेपछि फूल नष्ट गर्ने मेरो छुच्चोपना पनि भाग्यो । त्यसपछि म पुतलीप्रेमी र फूलप्रेमी भए“ । देवकोटाका यी दुई कविताले मेरो सानो मस्तिष्कमा निकै ठूलो प्रभाव पारे । खासमा यी कविताले मेरो भावनाको मानवीयकरण गरे ।

त्यसपछि ‘मुनामदन’ पढियो । ‘मुनामदन’मा लेखिएको छ–
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छु“दैन
मानिस ठूलो दिलले हुन्छ, जातले हु“दैन ।

नेपाली समाज जातिपातीमा बा“डिएको, जातीय अपहेलना भएको समाज हो । देवकोटाको मुनामदनका यी हरफ पढेपछि जातिसम्बन्धि मेरो भावनामा पनि धेरै प्रभाव पा¥यो । त्यसले पनि मलाई मानवीयकरण ग¥यो भन्ने लाग्छ  ।
०००
मैले बीए पढ्दा ‘नेपाली अर्नस’ विषय लिएको थिए“ । एक पेपर सिंगै देवकोटा थियो । बीए पढ्दा देवकोटाका भेटेसम्मका सबै रचना पढे“ । उनको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्ध पढियो । त्यो निबन्ध देवकोटाको विराट कल्पनाशीलता, गहन सिर्जनशीलता, भाषाको वेग, लयात्मकता सबै गुणले सिँगारिएको उनको भाषा हो । देवकोटाको त्यो भाषा, कल्पनाशीलताबाट म धेरै प्रभावित भएको हु“ ।

धेरैका गद्यरचना पढियो । तर, मेरो गद्यमा लक्ष्मीप्रसाद देवकोटा, तारानाथ शर्मा र शङ्कर लामिछानेको निकै प्रभाव छ । देवकोटाको कोमल गद्य, तानाको झर्रोवाद र लामिछानेको प्रयोगशील गद्यको प्रभाव छ । मेरो गद्य यी तीनजना मिसाएर बनेको क्वा“टी गद्य हो । तीनैबाट प्रेरणा लिएर आफ्नो बनाएको क्वा“टी गद्य ।
०००
उनको आफ्नै ईश्वर थियो । उनको ईश्वर–चिन्तन छ, रहस्यवाद र वैराग्य पनि छ । यी तŒव उनका सिर्जनामा पाइन्छन् । तर, उनको मूलधार लौकिक दृष्टिकोण र लौकिक प्रवृत्ति हो । लौकिक जीवनप्रति उनको गहिरो निष्ठा थियो । लोकका स–साना मानिसहरू देवकोटा–साहित्यका विषय हुन् । तिनको अवस्था, दुर्नियति र जीवनमा परिर्वतन ल्याउने इच्छा उनको मूल प्रवृत्ति हो ।  
 
साहित्य र कलाको माध्यमबाट जीवन र समाजलाई फेर्न उनले अथक प्रयास गरे । पुस्तकालय खोलेर निर्वासित भए । ‘पहाडी पुकार’ नाटकमा किसान विद्रोहको झन्डा उठाए र ‘सुलोचना’ महाकाव्यमा सर्वसाधारणको जीवनको पक्षमा उभिए । सुलोचनाको ‘अनङ्ग’ भन्ने पात्र आफ्नो प्रेममा अरूले हुर्मत लिन खोजेपछि बोल्छ–
म तेरो कात्तिके होइन
भान्से बाहुन होइन म
म मेरो घरको राजा
झोपडी नै भए पनि

‘शाकुन्तल’ महाकाव्य नेपाली साहित्यको ठूलो कृति हो । खरानी घस्ने, तपस्या गर्ने, शरीरमा झ्याउ उमार्ने र समाज छोडेर एक्लै स्वर्ग जाने प्रवृत्तिको विपक्षमा, लौकिक जीवनको पक्षमा उनले वकालत गरेका छन्–
‘हे साधो सुन मूर्ख छौ सब तिमी
फुस्रा कुरामा प¥यौ ढुङ्गा आसन हो हठै व्यसन भो
झन् स्वर्गबाटै झ¥यौ, शड्ढया एक बनाउनु मखमली बुट्टा भरी सुन्दर
एउटी राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर’

यस श्लोकमा पनि उनी लौकिक जीवनको लौकिक सौन्दर्यकै पक्षमा देखिन्छन् । नेपाली कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठका दृष्टिमा उनको ‘यात्री’ कविता भौतिकवादी चिन्तनतर्फको एउटा पाइला हो । यो कवितामा उनले मूर्तिपूजाविरुद्ध मानवपूजाको पैरवी गरेका छन् ।

उनी अत्यन्त प्रयोगशील थिए । प्रयोगको सन्दर्भमा उनले आफ्नै शब्दको निर्माण पनि गरेका छन् । ‘शाकुन्तल’ महाकाव्यको एउटा दृष्टान्त–
‘सुतट मट्टी मान्द्रिलो स्निग्ध गोबरी
उफर सानो साबके सानो स्वर्ग छ’
साहित्यका समीक्षकहरू देवकोटाका यी चार पाउ कवितालाई विछट्टको प्रयोग मान्छन् ।
०००
देवकोटाका अधिकांश समकालीन साहित्यकारहरू साहित्यको इतिहासको  सन्दर्भमा थन्किसकेका छन् । तर, उनी समकालीन नेपाली साहित्यको पठन र विमर्शमा अझ जीवन्त छन् ।
०००
देवकोटा नेपाली साहित्यमा पहिलो प्रतिभा हुन् जसले पाश्चात्य साहित्यका रचना नेपालीमा अनुवाद गरे र नेपाली रचनाहरू अंग्रेजीमा अनुवाद गरे । यसर्थमा उनी अनुवादका आदिपुरुष हुन् ।
०००
अफ्रो एसियाली लेखक संघको तासकन्द सम्मेलनमा देवकोटाले दिएको मन्तव्य नेपाली साहित्यको स्मरणीय घोषणापत्र हो । उक्त मन्तव्यमा उनले साहित्य टाठाबाठा, शोषक, सामन्तको विलासको हतियार नभई आम मानिसको आत्मिक जागरण र मुक्तिको हतियारका रूपमा पैरवी गरेका छन् । उनी सांसारिक थिए । मानिसका जीवन, उनीहरूका भाग्य उनका लेखनका विषय थिए । देवकोटाले मानिसमाथि हुने हेला“होचोको चर्को प्रतिवाद गरेका छन् । उनले मानिसलाई मानिसतिर फर्काउने प्रयत्न गरेका छन् ।

पुस्तकका माध्यमबाट उनले बनाएको गोरेटो मेरो आ“खामा प¥यो । म उनले बनाएको गोरेटोमा हि“डिरहको छु । देवकोटा मेरो जीवनका सबैभन्दा ठूलो पाठशाला हो । साहित्य, सामाजिक न्याय र परिर्वतनको दृष्टिले उनी मेरो जीवनका सबैभन्दा ठूलो पाठशाला हुन् ।

कल्पनालाई फराकिलो बनाउन, चेतनाको विकास गर्न देवकोटा पढ्नुपर्छ । असल मान्छे बन्नका निम्ति पनि देवकोटा पढ्नुपर्छ ।

(कुराकानीमा आधारित)

 

Leave A Comment