स्वाद र बास्नामात्र होइन मसला

शनिबार, १३ कार्तिक २०७३, १० : ५६ सन्जिना श्रेष्ठ , Kathmandu
स्वाद र बास्नामात्र होइन मसला

खानालाई स्वादिलो बनाउन धेरै थरीका मसला प्रयोग गरिन्छन् । हामीले भान्छामा प्रयोग गर्ने मसलाका अन्य स्वास्थ्यवद्र्धक विशेषता पनि छन् ।  

बेसार

  •     बेसारले खानालाई रङ दिएर आकर्षक बनाउँछ ।
  •      यसमा रोग प्रतिरोधात्मक क्षमता हुने हुँदा विभिन्न उपचारात्मक कार्यमा यसको प्रयोग गरिन्छ ।
  •     रगत शुद्धीकरण गर्न, पेटको जुका मार्न, घाउमा लेपन गर्न, रुघाखोकीबाट छुटकारा पाउन बेसार प्रयोग गरिन्छ ।
  •      राति सुत्नुअघि एक ग्लास दूधमा बेसार मिसाएर खाँदा शरीरमा भएको थकान हट्नुका साथै हड्डी पनि बलियो हुन्छ ।

जिरा

  •    यसले खानाको स्वाद बढाउँछ ।
  •     यसमा आइरन र क्याल्सियम पाइन्छन् ।
  •   पखाला लागेको बेला यसलाई तातो पानीमा उमालेर खाँदा पखाला रोकिन्छ ।

खुर्सानी

  • यसलाई खाना पिरो पार्न प्रयोग गरिन्छ ।
  • यसमा मोटोपन घटाउने गुण हुनुका साथै रगतमा कोलेस्टेरोल कम गर्न पनि यसले मद्दत गर्छ ।
  •  डल्ले खुर्सानीले ग्यास्ट्रिकलगायत समस्यामा फाइदा पु¥याउँछ ।

धनियाँ

  •     धनियाँले खानालाई बास्नायुक्त बनाउँछ । खाना सजाउन पनि यसलाई प्रयोग गरिन्छ । साथै, अचारमा पनि यसको प्रयोग हुन्छ ।
  •     यसले एलर्जी र ज्वरोमा फाइदा पु¥याउँछ ।
  •     यसले खाना पचाउन सहयोग गर्छ ।
  •     पाचनप्रणालीमा भएको समस्यामा पनि यसले फाइदा पु¥याउँछ ।
  •   भिटामिन ए, बी र आइरनको कमी पूरा गर्न यो उपयोगी छ ।

मेथी

  •    यसको पातको साग तरकारीको रूपमा र दाना मसलाको रूपमा प्रयोग गरिन्छ ।
  •     यसले मधुमेह, ग्यास्ट्रिक आदि स्वास्थ्य समस्यामा लाभ पु¥याउँछ । शरीरको दुखाइ कम गर्न पनि मद्दत गर्छ ।
  •    अपच, उच्च रक्तचापजस्ता समस्या भएका बिरामीले बिहान उठेर एक चम्चा मेथी खाँदा फाइदा गर्छ ।
  •      प्रोटिनको मात्रा धेरै हुने भएकाले यसले भोक जगाउने काम पनि गर्छ ।
  •   यसले रगतलाई शुद्ध पार्ने काम पनि गर्छ ।

अदुवा

  •     अदुवाको प्रयोग तीन चरणमा गर्न सकिन्छ । ताजा, सुकेको र पाउडरका रूपमा यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।
  •      रुघा, खोकी र कफ जम्ने समस्यामा यसले फाइदा पु¥याउँछ ।
  •     जाडोयाममा यसलाई चियामा हालेर पिउँदा शरीरमा चिसो लाग्न पाउँदैन ।
  •    यसको रस कपालमा लगाउँदा कपाल कालो हुनुका साथै कपाल झर्ने समस्या कम हुन्छ ।

लसुन

  •     यो खानाको स्वादकै लागि प्रयोग गरिन्छ ।
  •     पेटको दुखाइ र खोकीमा यसले लाभ पु¥याउँछ ।
  •    यसको जराले रक्तचाप घटाउन र रगत सफा गर्न सहयोग गर्छ ।

हिङ

  •     मूलतः यसलाई खानाको स्वाद बढाउन प्रयोग गरिन्छ ।
  •     यो कफ तथा पेटको दुखाइमा राम्रो औषधि साबित हुन सक्छ ।
  •    दाँत दुखेको बेला यसको लेप लगाउँदा दुखाइ कम हुन्छ ।
  •     पाचन प्रणालीका लागि पनि यो प्रभावकारी छ । पेटमा ग्यास भए, अपच भए यसको सेवनबाट राहत मिल्छ ।

तेजपात

  •     खाना स्वादिलो बनाउन तेजपात प्रयोग गरिन्छ ।
  •     यो सुगन्धित हुने भएकाले चियामा पनि यसलाई प्रयोग गरिन्छ ।
  •     यसमा एन्टिब्याक्टेरियल तथा एन्टिफंगलजस्ता गुण हुन्छन् । त्यसैले यसले विभिन्न रोग भगाउन मद्दत गर्छ ।

दालचिनी

  •     सुन्निएको ठाउँमा यसको लेप लगाउँदा फाइदा पुग्छ ।
  •     कोलेस्टेरोल कम गर्न, पाचनप्रणालीमा सकारात्मक प्रभाव पार्न तथा मांसपेशी कसिलो बनाउन दालचिनी उपयोगी हुने बताइन्छ ।
  •     महिनावारीमा आउने समस्या, मांसपेशी तथा जोर्नी दुखाइ र अररोपनमा दालचिनीले फाइदा पु¥याउँछ ।
  •    यसमा रगत पातलो बनाउने पदार्थ हुने भएकाले यसले रक्तसञ्चारमा मद्दत गर्छ ।
  •     यसमा हुने एन्टिसेप्टिकले दाँत किराले खाने समस्याबाट बचाउँछ ।
  •    पिसाबमा समस्या आउँदा पनि यो लाभदायक हुन्छ ।

ल्वाङ

  •     यसलाई हामी मसलाका रूपमा प्रयोग गर्छौं ।
  •     खोकी लाग्दा यसले फाइदा पु¥याउँछ ।
  •    यसमा एन्टिसेप्टिक, एन्टिबायोटिक, एन्टिभाइरल गुण हुन्छन् ।
  •     यसले पाचनप्रक्रियामा फाइदा पु¥याउँछ ।

अलैँची

  •   यसलाई मासुमा मसलाका रूपमा प्रयोग गरिन्छ । मिठाई र चियामा पनि यसलाई प्रयोग गरिन्छ ।
  •     यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  •     यसको सेवनले पाचनप्रणालीलाई सक्रिय बनाउँछ भने मुखमा उत्पन्न हुने दुर्गन्ध पनि हटाउँछ ।
  •     यसको सेवनले घाँटीमा आउने समस्यामा आराम मिल्छ भने मधुमेह रोगीका लागि यो उपयोगी छ ।

Leave A Comment