पेशाकर्मी महिलाका तिहार

शनिबार, १३ कार्तिक २०७३, ११ : १५ शुक्रवार , Kathmandu
पेशाकर्मी महिलाका तिहार

भवानी राणा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
म परम्परागत तरिकाबाट तिहार मनाउँछु । विशेषगरी लक्ष्मीपूजाका दिन व्रत बसेर साँझमा लक्ष्मी भिœयाएर पूजा–आराधना गर्छु । कागतिहारमा कागलाई खाना दिन्छु । कुकुर तिहारमा कुकुरको पूजा गरी उसलाई मन पर्ने खाना दिन्छु । गाईतिहारमा गाईको पूजा गर्छु । दाजुभाइ नभएकाले मेरो भाइटीका चाहिँ हुँदैन ।
डा.किरण रेग्मी, निर्देशक, परिवार स्वास्थ्य महाशाखा
विशेषगरी तिहारको दुई दिन उत्साहका साथ मनाउने गरेको छु । लक्ष्मीपूजाका दिन घर सजाउँछु, साँझ लक्ष्मीपूजा गर्छु । हामी छ दिदीबहिनी र दुई भाइ छौँ । दिदिबहिनी एकै ठाउँमा जम्मा भई भाइहरूलाई टीका लगाइदिन्छौँ ।
गंगा पन्त, डीएसपी
परम्परागत ढंगबाट नै तिहार मनाउँछु । अरू बेला समय नहुने भएकाले तिहारमा बिदाको समय घरको सरसफाइमा व्यस्त हुन्छु । अरूहरू तिहारको समयमा विभिन्न विद्युतीय बत्तीहरू बाल्ने गर्छन्, जसले गर्दा लोडसेडिङ बढ्छ । म चाहिँ दियो प्रयोग गर्छु । हामी तीन दिदीबहिनीका एकजना दाजु हुनुहुन्छ । एकैठाउँमा जम्मा भएर भाइटीका लगाउँछौँ ।


रविना देशराज श्रेष्ठ, डेपुटी सीईओ, मेगा बैंक
विशेषगरी लक्ष्मीपूजामा मन्त्र उच्चारण गरेर लक्ष्मीको पूजाअर्चना गर्छु । तिहार भनेको रमाइलो, झिलीमिली, मनमा खुशी, उमंग हुने चाड हो । त्यसकारण पनि मलाई के लाग्छ भने यस दिनबाट हामीमा भएका नकारात्मक सोचलाई हटाएर सकारात्मक भावलाई आत्मसात् गर्नुपर्छ । जसबाट सबैमा प्रेम एवं आत्मीयताको भावना पैदा होस् ।
कामिनी राजभण्डारी, प्रबन्ध निर्देशक, नेपाल टेलिकम
लक्ष्मीपूजामा धेरैभन्दा धेरै मिठाइका परिकार राखेर लक्ष्मीको पूजा गर्छु । मेरो दुई भाइ र एक दाइ हुनुहुन्छ । भाइटीकाको दिन साह्रै रमाइलो हुन्छ ।

प्रस्तुतिः सन्जिना

 

Leave A Comment