म्युजिक भिडियोमा रिश्मा

बुधबार, १७ कार्तिक २०७३, १० : ३५ शुक्रवार , Kathmandu
म्युजिक भिडियोमा रिश्मा

फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेर चर्चा कमाएकी अभिनेत्री रिश्मा गुरुङ पहिलोपल्ट म्युजिक भिडियोमा देखिएकी छिन् । गायिका मेलिना राईको ‘लेक फुल्ने लालीगुराँस भन्छन् मलाई’ बोलको गीतमा उनले मोडलिङ गरेकी हुन् । उनलाई निर्देशक शान थापाले म्युजिक भिडियोमा डेब्यू गराएका हुन् । फिल्ममा झैँ भिडियोमा पनि उनको कामलाई दर्शकले रुचाइरहेका छन् । भर्खरै रिश्माले थारु युवतीको भूमिका निर्वाह गरेको फिल्म ‘झुम्की’ रिलिज भएको थियो । फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन । फिल्मको कमाइबाट मात्र जीवन धान्न मुस्किल हुने भन्दै अधिकांश अभिनेत्रीहरू मोडलिङमा व्यस्त देखिन्छन् । कतै रिश्मा पनि अब त्यही दौडमा लागेकी त होइनन ?

Leave A Comment