अमलाको तेलका फाइदा

बुधबार, १७ कार्तिक २०७३, १० : ४७ शुक्रवार , Kathmandu
अमलाको तेलका फाइदा

– अमलाको तेलले कपाल मसाज गर्दा कपालको जरैसम्म तेल पुग्छ र टाउकोको छालामा रहेका छिद्र खुल्छन्, जसले गर्दा कपाललाई पोषण प्रदान हुन्छ ।
– अमलाको तेल लगाउनाले कपाल टुक्रिने र झर्ने समस्या कम हुन्छ ।
– अमलाको तेल कपालमा लगाउनाले कपालमा रहेको मेलानिन नामक तŒव कम हुन पाउँदैन, जसले गर्दा फुलेको कपाल पनि क्रमशः कालो हुन थाल्छ ।
–अमलाको तेलमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रााम पाइन्छ । यसले कपाल र टाउकोमा रहेका विकार र विषाक्त पदार्थलाई बाहिर निकाली कपाललाई स्वस्थ राख्छ ।
– अमलाको तेलमा एन्टिफंगल र एन्टिब्याक्टेरियल गुण हुन्छ । यसले कपालमा चाया पर्न दिँदैन । साथै, नयाँ कपाल उम्रिने उपयुक्त वातावरण पनि सिर्जना गरिदिन्छ ।

Leave A Comment