‘अनलक्की’ मलिना

बिहिबार, १८ कार्तिक २०७३, ११ : ३२ शुक्रवार , Kathmandu
‘अनलक्की’ मलिना

सन् २०११ की मिस नेपाल हुन् मलिना जोशी । फिल्म ‘ऋतु’बाट उनी नेपाली फिल्ममा देखिएकी हुन् । तर, फिल्म जगत्मा यिनलाई अचेल ‘अनलक्की’ अभिनेत्री भन्न थालिएको छ । कारण– न फाप्यो प्रेम, न फिल्म । अभिनेता अनुपविक्रम शाहीसँग उनको प्रेम सम्बन्ध थियो । तर, अहिले ब्रेकअप भइसकेको विश्वस्त स्रोत बताउँछ । भर्खरै रिलिज भएको उनी अभिनीत फिल्म ‘झुम्की’ पनि खासै चलेन । यही महिना उनको अर्को फिल्म ‘द विनर’ लाग्दैछ । त्यसको पनि खासै चर्चा सुनिँदैन । यद्यपि, प्रेम नफापेको यिनलाई फिल्म रिलिज नभइन्जेल ‘द विनर’ फाप्ने सम्भावना भने छ ।

Leave A Comment