घरको कामलाई यसरी सजिलो पार्ने

सोमबार, ०६ असार २०७३, ०५ : ०२ शुक्रवार , Kathmandu
घरको कामलाई यसरी सजिलो पार्ने

–     पानी भकभक उमाल्दा भाँडोबाट पोखिने गरेको छ भने भाँडोमा काठको चम्चा अथवा पनिउँ डुबाइ दिनुभयो भने पानी पोखिँदैन र पाँच–सात मिनेटसम्म पानी उमाल्न सकिन्छ ।
–    प्याज काट्दा आँखा पोल्ने अथवा आँसु आएर हैरान हुनुभएको छ भने चुइँगम चपाउँदै प्याज काट्नुहोस् । यसो गर्दा आँखा पोल्ने वा आँसु आउँदैनन ।
–    ह्विस्की अथवा जुसमा मिसाउने बरफ शुद्ध होस् भन्ने चाहनुहुन्छ भने उमालेको पानी फ्रिजमा राख्ने गर्नुपर्छ ।
–    बाथरुमको ऐना कसै गरी पनि सफा भएन भने सिसामा स्प्रिट छरेर पुछ्दा ऐना चम्किलो र सफा हुन्छ ।
–    बन्दाकोपीको गन्ध राम्रो लाग्दैन तर स्वास्थ्यका लागि खानुपर्छ भन्ने लाग्छ भने बन्दाकोपी पकाउँदा कराइमा पाउरोटीको सानो टुक्रा मिसाएमा बन्दाकोपीको गन्ध हराउँछ ।
–    कागतीभित्रको रस जम्मै निकाल्नु छ भने तातो पानीमा कागतीलाई केही बेर डुबाएर काट्ने र चिनोर्ने ।
–    घरमा कमिला लागेर हैरान हुनुभएको छ भने कमिला लाग्ने ठाउँमा काक्राको टुक्रा राख्नुहोस् । कमिलाजति सबै भाग्छन् ।
–    सर्ट अथवा प्यान्टमा मसीको दाग लागेको छ भने दाग लागेको ठाउँमा टुथपेस्ट लगाउने, त्यसलाई राम्रोसँग सुक्न दिने र पछि धुनुपर्छ । मसीको दाग हराउँछ ।
–    सेतो कपडालाई चम्किलो बनाउनु छ भने पानीमा कागतीको रस मिसाएर त्यो पानीले कपडा धुने र पखाल्ने गर्नुपर्छ ।
–    कपडामा चुइँगम लागेको छ र पूरै हटेको छैन भने एक घण्टाजति सर्टलाई फ्रिजमा राख्नुपर्छ ।
–    घरमा मुसाले दिक्क बनाएको छ भने मुसा आउने बाटो पहिचान गरी त्यहाँ केही मरिच दाना राखिदिनुपर्छ । मरिच भएको ठाउँमा मुसा आउँदैन ।

Leave A Comment