फिरिन् मेलिना

शनिबार, २० कार्तिक २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
फिरिन् मेलिना

एकताका नेपाली फिल्म क्षेत्रमा चम्किएकी अभिनेत्री हुन्, मेलिना मानन्धर । तर, अभिनेता मुकेश ढकालसँग बिहे गरेर आमा बनेपछि भने उनी फिल्मबाट टाढिइन् । एकाध विज्ञापन र सिरियलमा भने देखिएकी थिइन् । उनै मेलिना अब अभिनेता हसनराजा खानको फिल्म ‘रोमियो’बाट दर्शकमाझ फर्किने भएकी छिन् । फिल्मलाई शंकर कार्कीले निर्देशन गर्दैछन् । फिल्म घोषणा कार्यक्रममा मेलिनाले छोरा हुर्काउनुपरेकाले केही समय फिल्मबाट टाढिएको बताइन् । धेरै फिल्मको अफर अस्वीकार गरे पनि ‘रोमियो’को कथावस्तु मन परेर राजी भएको उनको भनाइ थियो । फिल्ममा अभिनेत्री निशा अधिकारी र ओसिमा बुनुले पनि अभिनय गर्नेछन् । 

Leave A Comment