अनुभव सुनाउँदै विल्सन

आइतबार, २१ कार्तिक २०७३, १० : ५६ शुक्रवार , Kathmandu
अनुभव सुनाउँदै विल्सन

हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मे’ प्रायः एकै किसिमको प्रस्तुति दिन्छन् । टेलिभिजन र मञ्चमा उनले लिम्बू पात्रको क्यारिकेचर प्रस्तुत गरेर धेरै दर्शक हँसाए । त्यो अभिनय पुरानो भइसक्यो । त्यसैले अहिले उनी क्यारिकेचरको साटो मञ्चमा आफ्नो अनुभव सुनाउँछन् ।
मोरङको याङ्शिला गाउँमा याङ्शिला सांस्कृतिक समूहले आयोजना गरेको रिमिक्स धमाका–३ मा पनि उनले क्यारिकेचर हेर्न जम्मा भएका दर्शकलाई आफ्नो बाल्यकालदेखि अहिलेसम्मको अनुभव र गीत सुनाए । अनि, नृत्य पनि गरे । उनले ‘सेन्तेरेम’ बोलको गीत गाएका थिए ।

Leave A Comment