मुटु बलियो बनाउन

सोमबार, २२ कार्तिक २०७३, १० : २४ शुक्रवार , Kathmandu
मुटु बलियो बनाउन

सुन्तला
सुन्तला खानाले रक्तचाप र कोलेस्टेरोल घट्छ, जसले मुटुलाई खराब हुनबाट जोगाउँछ ।

दाल
दाल खानाले रक्तचाप बढ्न पाउँदैन र मुटु बलियो अवस्थामै रहिरहन्छ ।
कालो चकलेट
कालो चकलेट खाने गर्नाले उच्च रक्तचाप सन्तुलनमा रहन्छ । डार्क चकलेट खाँदा चिनीरहित खान जोड गर्नुपर्छ ।
हाडेबदाम
हाडेबदाम खानाले रगतमा कोलेस्टेरोलको मात्रा घट्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
लसुन
लसुनले रक्तचाप नियन्त्रणमा राखी यसलाई बढ्न दिँदैन, जुन मुटुका लागि लाभदायक हुन्छ ।
अनार
अनारले रक्तवाहिनी नलीलाई स्वस्थ र सुचारु अवस्थामा राख्न मद्दत गर्छ । रक्तवाहिनी नलीमा गडबड उत्पन्न भयो भने मुटुमा अनेक समस्या उत्पन्न हुनसक्छन् । त्यही भएर मुटु बलियो चाहनेले अनार खाने गर्नुपर्छ ।

Leave A Comment