शुक्रवारदेखि एकादेशमा लघु फिल्म महोत्सव

बिहिबार, २५ कार्तिक २०७३, ११ : २१ शुक्रवार , Kathmandu
शुक्रवारदेखि एकादेशमा लघु फिल्म महोत्सव

शुक्रवारदेखि चौथोे एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु हुने भएको छ । महोत्सव तीन दिनसम्म चल्नेछ ।
सात सय फिल्ममध्येबाट छनोट भएका ७८ वटा लघु फिल्म महोत्सवमा प्रदर्शन हुने सोमवार राजधानीमा आयोजित प्रेस मिटमा जानकारी दिइयो । ‘महाभूकम्पले गर्दा अघिल्लो वर्ष महोत्सव आयोजना गर्न सकेका थिएनौँ,’ आयोजककी सहारा शर्माले भनिन्, ‘फिल्म मेकरहरूको फिल्मप्रति रुचिसमेत बढेर गएको हुँदा राम्रा फिल्मलाई प्रोत्साहन गर्न महोत्सवलाई  निरन्तरता दिएका हौँ ।’
महोत्सवको उद्घाटन पूजा शर्मा र विभूषण बस्नेतद्वारा निर्देशित नेपाली फिल्म ‘डडिया’ को प्रिमियरबाट हुने भएको छ । राजधानीको क्यूएफएक्स कुमारी हलमा चल्ने यस महोत्सवमा ६० भन्दा बढी देशका फिल्महरू छानिएको बताइएको छ । महोत्सवमा ‘चेन्जिङ प्रस्पेक्टिभ्स’, ‘फ्युचर अफ सिनेमा’ लगायत पाँच विधामा फिल्महरूले प्रतिस्पर्धा गर्दैछन् । अभिनेता राजेश हमाल, सोफी बडन, युवाकर राजकर्णिकार, छिरिङरितार शेर्पा र सुर्वण थापा लगायतको निर्णायक टोलीले महोत्सवमा उत्कृष्ट फिल्म छनोट गर्ने बताइएको छ । पाँच

Leave A Comment