आईएमईबाट रकम पठाउने चार जनालाई स्कुटी

बिहिबार, २५ कार्तिक २०७३, ११ : २५ शुक्रवार , Kathmandu
आईएमईबाट रकम पठाउने चार जनालाई स्कुटी

रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेसनल मनी एक्स्प्रेस (आईएमई )को ‘आइएमई हात खाली हुँदैन’ योजनाका विजेता घोषणा गरिएको छ । योजनाअन्तर्गत विदेशबाट आईएमईमार्फत नेपालमा रकम पठाउने चार जनाले एक–एक थान यूएम पावर म्याक्स स्कुटी प्राप्त गरेका छन् ।
सोमवार एक कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्रान्ड एम्बेस्डर दीपकराज गिरीले विजेतालाई उपहार प्रदान गरे । मलेसियाबाट रकम पठाउने तिलकबहादुर श्रेष्ठ, कतारबाट पठाउने सुरेन्द्रप्रसाद थारु, मलेसियाबाट पठाउने आङ्नोर्बु शेर्पा र डेनमार्कबाट पठाउने सरोज श्रेष्ठलाई स्कुटी प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।  
कार्यक्रममा ढकालले पछिल्लो समयमा रेमिट्यान्स घटेकाले देशको अर्थतन्त्रमा असर परेको बताए । चाडबाडको अवसरमा आईएमईबाट रकम पठाउने करिब तीन सय जना लाभान्वित भएको आईएमईका सीईओ सुमन पोखरेलले जानकारी दिए । मलेसिया र अस्ट्रेलियाबाट पनि वैधानिक बाटोबाट रेमिट्यान्स भिœयाउन पहल भइरहेको पनि उनले बताए । कम्पनीले देशभर ५ हजार २ सय एजेन्टमार्फत सेवा दिइरहेको जनसम्पर्क प्रबन्धक राजु पौडेलले बताए ।

 

Leave A Comment