एनसेलको ‘रोमिङ कम्बो प्याक’

शुक्रबार, २६ कार्तिक २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
एनसेलको ‘रोमिङ कम्बो प्याक’

एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘रोमिङ कम्बो प्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत रोमिङमा रहेका बेलामा करसहित १५ सय रुपैयाँमा भ्वाइस, एसएमएस र डेटा प्याक सञ्चालन गर्न मिल्ने एनसेलले जनाएको छ ।
कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्यान्डलगायत विभिन्न २५ देशमा कात्तिक २२ गतेदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ । योजनामा २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबी डेटा पाइने कम्पनीको भनाइ छ । उक्त प्याकको समयावधि ३० दिनको हुने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता बमोजिम २५ देशमा रोमिङ कम्बो प्याक ल्याएको बताए । उनले भने, ‘यसले रोमिङमा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाइस, एसएमएस र डेटा सेवा सुलभ मूल्यमा उपलब्ध गराउनेछ ।’

 

Leave A Comment