आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

शनिबार, २७ कार्तिक २०७३, ०१ : १९ डा. सुबोधकुमार पोखरेल , Kathmandu
आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

मेरो बिहे भएको ११ महिना हुन लाग्यो । हामीले परिवार नियोजनका साधन प्रयोग गरेका छैनौँ । श्रीमान्लाई कन्डम मन पर्दैन । त्यस्तै, मलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न मन लाग्दैन । हामी प्राकृतिक परिवार नियोजनको विधिमा बढी भर परेका छौँ । हामीले पात्रो विधि प्रयोग गरेका छौँ । तर, मेरो महिनावारी समयमा हुँदैन । कहिले २४ दिनमा त कहिले ४१ दिनमा हुन्छ । यस्तो अवस्थामा के गर्ने होला ?
एन

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला । पात्रो विधिअनुसार तपाईंको गर्भ नरहने या सुरक्षित समय भनेको महिनावारी भएको ३१ औँ दिनदेखि अर्को महिनावारी भएको चौथो दिनसम्म हो । किनभने पात्रो विधिअनुसार तपाईंको सबैभन्दा छोटो महिनावारीबाट २१ घटाउनुपर्छ (२४­२१) र सबैभन्दा लामो महिनावारीको अन्तरालबाट ११ दिन घटाउनुपर्छ (४१­३१) । यसरी हिसाब गर्दा तपाईंको असुरक्षित समय भनेको महिनावारी भएको चौथो दिनदेखि ३१औँ दिनसम्म हो ।
मेरो बिहे हुन लागेको छ । मलाई तुरुन्तै बच्चा जन्माउने रहर छैन । सुरु–सुरुमै कन्डम प्रयोग गर्न अप्ठ्यारो हुन्छ जस्तो लाग्छ । म श्रीमतीलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न लगाउने पक्षमा छैन । मैले कसरी सुरक्षित सम्पर्क गर्नसक्छु होला ?
एस

बच्चा जन्माउन हतार नगर्ने तपाईंको निर्णय उचित छ । आर्थिक तथा अन्य हिसाबले सन्तानको दायित्व उठाउन सक्षम हुन पनि छिट्टै बच्चा नजन्माएको बेस ! अहिलेको समय भनेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर लाभ लिने समय हो । बिहेपछि श्रीमतीसँग खुलेर कुरा गर्नुस् । स्वास्थ्यलाई हानि नपु¥याउने र दुवैलाई उपयुक्त हुने परिवार नियोजनका साधन प्रयोग गर्ने राम्रो हुन्छ । कन्डम प्रयोग गर्न अप्ठ्यारो मान्नुपर्दैन । यसले यौनसन्तुष्टिमा कमी ल्याउँदैन । तपाईंका लागि सबैभन्दा भरपर्दाे परिवार नियोजनको साधन कन्डम हो । विदड्रल विधि पनि प्रयोग गर्न सक्नुहुन्छ । तर, यो त्यति भरपर्दाे विधि भने होइन ।
म ३४ वर्षीय विवाहित पुरुष हुँ । श्रीमतीसँग यौनसम्पर्कका क्रममा मेरो पेट दुख्छ । जसका कारण मलाई यौनसम्पर्क गर्न मन लाग्दैन । तर, म हप्ताको दुईपटक हस्तमैथुन भने गर्छु । हस्तमैथुनका क्रममा पेट दुख्दैन । श्रीमतीसँग सम्पर्कका क्रममा पेट दुख्ने भएकाले श्रीमतीलाई सन्तुष्ट पार्न नसक्दा तनाव भएको छ । म के गरौँ होला ?
रोशन

तपाईंको जिज्ञासाअनुसार तपाईंलाई कुनै ठूलो समस्या नै छैन जस्तो देखिन्छ । यौनसम्पर्क भनेको दिमागको खेल हो । तर, तपाईंले श्रीमतीसँग सम्पर्क गर्ने क्रममा मनमा विभिन्न डर लिने गरेको, श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्न कि भन्ने भयका कारणले सताएको हुन सक्छ । जसका कारण तपाईंमा बारम्बार एकै खालको समस्या दोहोरिएको हुन सक्छ । जहाँसम्म तपाईंले हस्तमैथुन गर्दा पेट दुख्दैन भन्नुभएको छ, यसले पनि के देखाउँछ भने तपाईंको सम्पर्कका क्रममा आसन तथा तरिका मिलेको छैन । तपाईंले विगतमा श्रीमतीसँग यौनसम्पर्क गर्ने क्रममा कुनै तरिका वा आसन नमिलेर पेट दुखेको हुन सक्छ । तर, त्यसले तपाईंको दिमागमा कुनै असर नै छ कि भन्ने भ्रम परेका कारण मानसिक कारणले त्यस्तो समस्या भएको हुन सक्छ । त्यसकारण यौनसम्पर्कका क्रममा तपार्इंले कुनै डर वा भय नलिई मानसिक तनावबाट मुक्त भएर सम्पर्क राख्नुभयो भने समस्या हल हुनेछ । यौनसम्पर्कका क्रममा मलाई यसो होला, राम्रो गर्न नसकेमा श्रीमतीले के भन्लिन् भन्ने सोचाइ राख्नु हुँदैन । यस्तो सोचाइ राख्दा यौनसम्पर्कमा सन्तुष्टि पनि मिल्दैन र स्वस्थ सेक्स पनि हुँदैन । यसका साथै तपाईले यौन सम्पर्कमा फोरप्ले पनि गर्नुपर्ने हुन्छ । फोरप्लेले तपाईंलाई स्वस्थ सम्पर्क गर्न सघाउ पु¥याउनेछ । यौनसम्पर्कका अधिकांश समस्या मनोवैज्ञानिक हुन्छन् । आत्मविश्वास र ढुक्कसँग सेक्स गर्नुभयो भने तपाईंहरू दुवैलाई पूर्ण सन्तुष्टि हुनेछ । यो समस्याबाट तपाईं लामो समय ग्रसित हुनुहुन्छ भने यौनरोग विज्ञलाई देखाउनुहोला ।

Leave A Comment