‘बिजी’ बुद्धि

शनिबार, २७ कार्तिक २०७३, ०१ : ४० शुक्रवार , Kathmandu
‘बिजी’ बुद्धि

जीवन्त अभिनयका कारण अभिनेता बुद्धि तामाङ नेपाली फिल्मका दर्शकमाझ निकै लोकप्रिय छन् । उनले बोल्ने थेगो ‘हैट’ धेरैका मुखमा झुन्डिन थालेको छ । उनको यही लोकप्रियताका कारण थुप्रै निर्माताले उनलाई फिल्ममा लिन थालेका छन् । फिल्मको अफर बढी भएकै कारण बुद्धिलाई समय मिलाउन गाह्रो भएको बुझिएको छ । बुझिएअनुसार आउँदो जेठसम्मका लागि उनको सेड्युल वैशाखमै प्याक्ड भइसकेको थियो । निर्देशक दीपेन्द्र लामाको फिल्म ‘घामपानी’ को छायांकन सकाएर उनी अहिले ‘हैरान’को सुटिङमा व्यस्त छन् । त्यसपछि उनी शिलबहादुर गुरुङको फिल्म ‘बमकाजी’मा व्यस्त हुनेछन् । अनि, दुई महिना नाटकमा पनि समय दिँदैछन् । मंसिरमा मात्र उनी अभिनीत दुई फिल्म ‘पुरानो डुंगा’ र ‘बिजुली मेसिन’ प्रदर्शन हुँदैछन् । ‘हैट, साह्रै बिजी पो भइएछ,’ एक भेटमा बुद्धिले भने, ‘समय अभावका कारण राम्रो–राम्रो फिल्म पनि छोड्न परिरहेको छ । असोज र कात्तिकमा मात्र आधा दर्जन जति फिल्म फुत्कियो ।’

 

Leave A Comment