‘जनवादी गीतले संगीतको भूत चढायो’

बिहिबार, ०२ मङि्सर २०७३, ०२ : ४१ सन्जिना श्रेष्ठ
‘जनवादी गीतले संगीतको भूत चढायो’

सुर संवाद

मुरारी भट्टराई, गायक

केमा व्यस्त हुनुहुन्छ ? 
पहिलो एल्बम ‘अनामिका’ पछि दोस्रो एल्बम निकाल्ने तयारीमा जुटिरहेको छु । एक महिनाभित्र सार्वजनिक गरिसक्ने योजनामा छुु । 

गाउने रहर कसरी पलायो ? 
बच्चा हुँदाखेरि गाउँतिर जनवादी गीत खूब चल्थ्यो । त्यही सुनेर ममा संगीतको भूत चढेको भन्दा फरक पर्दैन । ६ कक्षा पढ्दा पहिलोपल्ट स्टेजमा गाएको थिएँ । 

पहिलोपल्ट गीत रेकर्डिङ गराउँदाको अनुभव कस्तो थियो ? 
१० वर्षअघि धरानको रेकर्डिङ स्टुडियोमा ‘अनामिका’ बोलको गीत रेकर्ड गराएको थिएँ । निकै नर्भस थिएँ । हेडफोन लाउँदा गायक भएको अनुभव गरेँ । त्यतिबेला गीत फाइनल गर्न मलाई दुई घण्टा लागेको थियो । 

कस्ता–कस्ता गीत गाउन मन पर्छन् ? 
मलाई विशेषगरी लोक फ्युजन भएका आधुनिक गीत गाउन खूब मन पर्छ । 
 
नयाँ एल्बममा कस्ता–कस्ता गीत हुनेछन् ? 
जम्मा पाँचवटा गीत हुनेछन् । मेलोडी, कमेडी र फास्ट नम्बरका गीत हुन्छन् । 

मन पर्ने गायक/गायिका ? 
नारायणगोपाल, भक्तराज आचार्य, तारादेवीका गीत खूब सुन्छु । 

एल्बम बिक्नै छाडेको अवस्थामा किन निकाल्दै हुनुहुन्छ ?
पैसा कमाउनलाई एल्बम निकालेको होइन । यो त एउटा दस्तावेज पनि हो नि । 

के–के बजाउनुहुन्छ ? 
हार्मोनियम, पियानो बजाउँछु । 

तपाईका लागि संगीत के हो ? 
मेरा लागि सुखदुःख दुवैमा साथ दिने साथी हो संगीत । 

प्रस्तुतिः सन्जिना
 

Leave A Comment