यूएईमा ‘६क्कापञ्जा’

बिहिबार, ०२ मङि्सर २०७३, ०२ : ५७ शुक्रवार
यूएईमा ‘६क्कापञ्जा’

यूएई । नेपालमा व्यावसायिक रूपमा सफल भएको फिल्म ‘६क्कापञ्जा’ संयुक्त अरब इमिरेट्स (यूएई)का हलहरूमा पनि हाउसफुल भएको छ । नेपाली फिल्मलाई मध्य पूर्वी देशमा वैधानिक रूपमै प्रदर्शनको व्यवस्था मिलाएको कन्सेप्ट भिजन एन्ड डिस्ट्रब्युटर्स नेपालले यतिबेला यूएईमा फिल्म प्रदर्शन गरिरहेको छ ।  
नोभेम्बर १० तारिखदेखि यूएईका दुबई, अबुधाबी, फुजेराह, रसअलखेमा, अलऐन, अजमान, अलकोजलगायत नौ वटा शहरमा ‘६क्कापञ्जा’ प्रदर्शन भइरहेको कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी (अनिस) ले जानकारी दिए । ‘अहिलेसम्मका अधिकांश शो हाउसफुल भइरहेका छन्,’ उनले भने, ‘दर्शकको प्रतिक्रिया पनि सकारात्मक छ । नेपालीमात्र नभएर अरबी दर्शकहरू पनि फिल्म हेर्न आएको पाइयो ।’ यूएईका शोहरूमा शुक्रवारदेखि लगातार शो भइरहेको छ । फिल्म यूएईमा दुई सातासम्म प्रदर्शन हुने कन्सेप्ट भिजनले जनाएको छ । 

Leave A Comment