झन्झन् खुल्दै पूजा

शनिबार, ०४ मङि्सर २०७३, ०२ : १४ शुक्रवार
झन्झन् खुल्दै पूजा

अभिनेत्री पूजा शर्मा अचेल फिल्म वृत्तमा चर्चाको पात्र बन्न थालेकी छिन् । तर, कुनै अभिनय क्षमताका कारण चाहिँ होइन । लगाउने पहिरन र ग्ल्यामरस उपस्थिति उनलाई ‘नोटिस्ड’ गराउने हतियार बनिरहेको हो ।

प्रायः कार्यक्रममा उनी फरक–फरक र छोटा पहिरनमा फेसनेबल भएर देखापर्छिन् । झन्झन् खुल्दै गइरहेकी छिन्, उनी । जसकारण मिडियाका क्यामेरा उनीतर्फ तेर्सिन्छन् । यतिबेला पूजाले थाइल्यान्डको समुन्द्री किनारमा पुगेर खिचेको बिकिनी पोजले निकै चर्चा पाइरहेको छ । उनले त्यहाँ मस्ती गरिरहेको फोटो आफैँ फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । ‘प्रेमगीत’मा अभिनय गरेकी यी हिरोइनले चर्चामा आउन यसो गरिरहेको हल्ला चलिरहेको छ ।

अर्काे पनि हल्ला छ– उनी निर्देशक सुदर्शन थापाको सुझावअनुसार यसरी खुल्दै गइरहेकी छिन् । स्मरणीय छ, थापाको प्रेमिका बनेपछि अभिनेत्री सुषमा कार्की पनि भव्य तरिकाले खुलेकी थिइन् ।

 

Leave A Comment